अपराध Archives - Page 5 of 5 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

अपराध

ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार
अपराध, समाचार

ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार

मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड रुद्र मगरमाथि खुकुरी प्रहार भएको छ । बैंकमा आएका सेवाग्राहीको लाइन मिलाउने क्रममा भएको विवादपछि एक जनाले मगरकै खुकुरी खोसेर प्रहार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइते मगरको उपचार सिनामंगलस्थित केएमसीमा भइरहेको छ । खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए ।  ...
मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’
अपराध, समाचार

मापदण्डविपरीत बियर उत्पादन गरेपछि गोर्खा ब्रुअरीलाई ‘कारबाही’

गोर्खा ब्रुअरीले उत्पादन गरिरहेका विभिन्न ब्रान्डका बियरमा मापदण्ड नपुगेको पाइएको छ। आन्तरिक राजश्व विभागका अनुसार गोर्खा ब्रुअरीद्वारा उत्पादित कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियर मापदण्डविपरीत पाइएका हुन्। विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि नयाँ अन्तःशुल्क निर्धारण गरिएको छ। उनले भने, ‘बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ छ। मापदण्डविपरीत उत्पादन भएको पाइएपछि ४ सय ३० रुपैयाँ कायम गरिएको छ। यो आफैंमा कारबाही हो।’ विभागका अनुसार बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्छ। तर गोर्खा ब्रुअरीले आफ्ना बियरमा जौको मात्रा कम राखेको पाइएको हो।अहिले विभागले गोर्खा ब्रअरीका बियरका लागि तोकेको अन्तःशुल्क दर उच्च अल्कोहल हुने पेय पदार्थलाई जत्तिकै हो। ...
स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय
अपराध, समाचार, स्वास्थ्य

स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ । मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर...
चेपाङ मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा
अपराध, समाचार

चेपाङ मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका स...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
अपराध, समाचार

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका नि...