अपराध

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ
अपराध, समाचार

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।...
चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ
अपराध, समाचार

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए। पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए।...
कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा
अपराध, समाचार

कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्न...
नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ
अपराध, समाचार

नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ

सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ। एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको...
ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्
अन्तर्राष्ट्रिय, अपराध, रोचक, समाचार

ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्

आफूलाई यौनका लागि ब्ल्याकमेल गर्ने आफ्ना सिनियर डाक्टरलाई एक नर्सले काटेर पकाइन् । त्यसपछि उनले पाकेको मासुलाई ट्वाइलेटमा हालेर फ्लश गरिदिइन् । घटना चीनको हो । द सनमा प्रकाशित रिपोर्टअनुसार ली फेनपिङ नामकी ती नर्सलाई डाक्टरले लगातार ब्ल्याकमेल गरेपछि रिसमा उनले यस्तो गरेकी थिइन् । ली फेनपिङलाई यो अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियाका अनुसार २५ वर्षकी ली आकस्मिक विभागमा खटिएकी थिइन् । उनको सोही अस्पतालको अर्थोपेडिक्स विभागका उपप्रमुख डा. लू युआनजेनसँग यौन सम्बन्ध थियो । नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो र उनले जुवामा थुप्रै पैसा हारेकी थिइन् । उनले जुवा खेल्नको लागि आफ्ना सहकर्मी डाक्टर युआनजेनसँग पैसा सापटी लिएकी थिइन् । लीले ती डाक्टरसँग यौन सम्बन्ध राखेर आफूले लिएको पैसा किस्तामा तिरिरहेकी थिइन् । पैसा तिर्नको लागि उनले डाक्टरसँग हप्तामा ३...
मलेसियामा एक नेपाली युवतीको हत्या
अपराध, समाचार

मलेसियामा एक नेपाली युवतीको हत्या

मलेसियामा एक नेपाली युवतीको हत्या भएको मंगलबार मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन्। आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो। युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका युवकलाई अस्पताल पुर्याएको छ भने शवको मुचुल्का बनाएको छ।...
सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ
अपराध, समाचार, समाज

सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो। अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, क...
विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुस सहित पक्राउ
अपराध, समाचार

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुस सहित पक्राउ

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर जैसवाललाई मकवानपुरको हेटौंडाबाट घुस रकमसहित प्रक्राउ गरेको हो। जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।...
हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ
अपराध, समाचार

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मितल र कमल मितल तथा पर्वतका गणेश पौडेल रहेका छन्।उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।...
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण
अन्तर्राष्ट्रिय, अपराध, समाचार

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोम...