१ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

१ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा


नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

विभागले सर्लाहीका प्रसादसहितलाई १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो मागी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

प्रसादको मोहन ट्रेड इन्टरनेशनल कम्पनी सक्रिय छ। उक्त कम्पनीमार्फत् प्रसादले २६ वटा फर्महरू भएका मजदुरलगायत व्यक्तिको नाममा दर्ता गरी राजश्व छलेको विभागले जनाएको छ।

प्रसादले ती फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म मूल्य अभिवृद्धि र आयकर चुहावट गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

अनुसन्धानमा मुअकर ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकर ८६ करोड ५६ लाख १ हजार ७८५ र लाभांश दुई करोड ८ लाख ३० हजार ४०२ छली गरेको महानिर्देशक मैनालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *