Blog

मुम्वईको ताज होटलमा नेपाली गायक पोखरेललाई ‘दादा साहेब टेलिभिजन अवार्ड’
मनोरन्जन, समाचार

मुम्वईको ताज होटलमा नेपाली गायक पोखरेललाई ‘दादा साहेब टेलिभिजन अवार्ड’

नेपाली लोकप्रिय गायक सीताराम पोखरेल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। ३ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेल,  भारतिय चर्चित अभिनेत्री चांदनी शर्मा ,तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्त रुपमा गायक पोखरेललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय...
अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’(भिडियो)
मनोरन्जन, समाचार

अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’(भिडियो)

केही समय को पर्खाइ पछि नेपाली रक ब्यान्ड MT.8848 ले आफ्नो नया गित ‘सम्पत्ति’को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।ब्यान्डकै सदस्यहरुको रचना ,संगित र गायन रहेको यस भिडियोमा प्रान्क्स्टर एलिश राई र स्मृती श्रेष्ठले स्कृन सेयर गरेका छ्न ।सम्पत्ती बिना आफ्नो मायालु को साथ पनि अपुरो हुन जान्छ भन्ने सन्देश बोकेको भिडियोलाई कमेडी शैलीमा पस्किने प्रयास गरेको देखिन्छ । https://www.youtube.com/watch?v=mZUtKJNpnSk बिनय मालेकरको छांयाकन, नवीन निरौलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।...
रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)

गीतकार रबिन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैली यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो । https://youtu.be/Sftdz_ogY04 शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्वम श्रोता/दर्शकमाझ आएका छन भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् ।...
जिकेसी नेपालद्वारा वृद्धाश्रममा निशूल्क स्वास्थ्य शिविर
समाचार, समाज

जिकेसी नेपालद्वारा वृद्धाश्रममा निशूल्क स्वास्थ्य शिविर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवसको अवसरमा जीकेसी नेपालले विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै छ । यसै क्रममा जिकेसी नेपालले टेकुमा अवस्थित सतप्रयास महिला सेवा वृद्धाश्रममा आश्रित वृद्धाहरुको निशूल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशूल्क औषधि वितरण गरेको थियो ।उक्त आश्रममा रहेका वृद्धाहरुका लागि आवश्यकता अनुसारको खाद्यवस्तु वितरण, छाला तथा स्वास्थ्य सामग्री वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । सामाजिक कार्यमा लामो समयदेखि सक्रिय समाजसेवी डा.पूनम कर्णको अगुवाईमा भएको सो अभियानमा आश्रित परिवारलाई खाना समेत खुवाईएको थियो भने मानव सेवा पहिलो धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको विश्व कायस्थ कन्फ्रेन्स(जिकेसी)को नेपाल च्याप्टरका अध्यक्ष डा.कर्णका अनुसार मानवताका लागि निशुल्क स्वास्थ्य सेवा भन्ने अभियानका साथ जिकेसी नेपालको दोश्रो स्थापना दिवसको अवसरमा पारेर विभ...
श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न
समाचार, समाज

श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न

काठमाडौं । लाखौं साई प्रेमिहरूका आस्थाका प्रतीक श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न भएको छ । श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव बिबिध मानव सेवाका सामाजिक कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो । काठमाडौको सानो गौचरनमा निकै भब्य र दिब्य समारोहबीच सम्पन्न उक्त कार्यक्रममा हजारौं स्वदेशी तथा बिदेशी साइ भक्तहरूको उपस्थिति थियो । गत पुस २ गतेदेखि सुरु भएको ३५ दिने उक्त सुभ जन्मोत्सब कार्यक्रमहरुमा पुष १६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो, कार्यक्रममा उल्लेख्य साइ भक्तहरूले रक्तदान गरेका थिए । यसैगरी जाडो र शितलहर लाई मध्यनजर गर्दै श्री संजय साइ सेवा अर्गनाइजेसनले चितवन, भैरहवा, रुपन्देही, सुनसरी, कटाहारी, बिराटनगर, पाल्पा, पर्सा, मकवानपुर, धादिङ, काठमाडौ , सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लामा गरिब असाहाय र बिपन्न बर्गका परीवारहरूलाई लक्षित गरेर ...
नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनुपर्छ
राजनीति, समाचार

नयाँ अनुहारले राम्रो काम गरेर चमत्कार देखाउनुपर्छ

-डा.डिआर उपाध्याय, अब नेपालको राजनीति सहि ढंगले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाँक्षा पनि बढेका हुन्छन । अब सबै भन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुर्धन आबश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरु प्रति कार्यकर्ताको विश्वास छैन। कारण के हो भने नेताहरुले मुलुक प्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरु त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नी । राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सहि भयो भने मात्र सबै कुरा सहि बाटोमा आउँछ । य...
नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन
राजनीति, समाचार

नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन

-डा.डिआर उपाध्याय, नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनु पर्छ । जनताआशावादी हुनु भनेको राम्रो संकेत हो ।नयाँ सरकार सामु अबसर संगै चुनौति पनि छन । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति चिन्तित बन्नु पर्ने बेला आएको छ । राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिले सम्म दलका हर्ताकर्ताहरुले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर...
भावना कँडेलको “फेक स्माइल” सार्वजनिक
मनोरन्जन, समाचार

भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाट बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ । कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाइन । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताइन । विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताइन । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गरिन । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासम...
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
शिक्षा, समाचार

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण  गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हाे । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले शिक्षाको उज्यालो सबैभन्दा महत्वपूर्ण रहेको बताउदै शिक्षाको उज्यालो छर्ने अभियानमा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीलाई धन्यवाद समेत दिएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निमा शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई धन्यवाद दिदै आफुले धेरै पैसा भएर वा अभिभावकहरुले नसकेर प...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ का लागि आवेदन खुल्यो
मनोरन्जन, समाचार

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ का लागि आवेदन खुल्यो

बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन माघ १४ गते नयां बानेश्वर स्थित होटेल रानी महल मा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिनको व...