रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)


गीतकार रबिन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैली यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो ।

शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्वम श्रोता/दर्शकमाझ आएका छन भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *