मुम्वईको ताज होटलमा नेपाली गायक पोखरेललाई 'दादा साहेब टेलिभिजन अवार्ड' - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

मुम्वईको ताज होटलमा नेपाली गायक पोखरेललाई ‘दादा साहेब टेलिभिजन अवार्ड’


नेपाली लोकप्रिय गायक सीताराम पोखरेल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्।

विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

३ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेल,  भारतिय चर्चित अभिनेत्री चांदनी शर्मा ,तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्त रुपमा गायक पोखरेललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनका चर्चित सेलिब्रेटीहरुलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *