Blog

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण
समाचार, समाज

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण

लाखौं साई भक्तहरूको आस्थाको केन्द्र श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूर्जा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य रहनुभएको छ । यस्तै सो समारोहमा प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहनुभएको छ । श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत् ३५ ...
तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न

तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई,पब्लिक...
सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको ‘यति धेरै माया मेरो ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको ‘यति धेरै माया मेरो ‘सार्वजनिक(भिडियो)

अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।। रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो। https://www.youtube.com/watch?v=JRbxWsl3lSI गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ । गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।...
संवाद, सहमती र सहकार्यको राजनीति
राजनीति, समाचार

संवाद, सहमती र सहकार्यको राजनीति

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन भन्ने प्रश्न पनि उठने गरेका छन । संवाद, सहमती र सहकार्य आजको आबश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो एक्लै देश बनाउन सकिदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरु मिलेर जानु पर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहास बाट पाठ सिकेर दलहरु अघि बढदा राम्रै हुन्छ । नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसद्मा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आबश्यकता हो । अब मुलुकले न...
चर्चित गायक ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक ‘बोकेदाह्री’को ‘काका हरायो'(भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्। बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्। https://youtu.be/Qby1y8Y9AYE बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए। उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्।...
नेपालमा के छैन ?
राजनीति, समाचार

नेपालमा के छैन ?

-डा.डिआर उपाध्याय, नेपालको राजनीतिमा कति खेर के हुन्छ यसै भन्न सकिदैन । राजनीति दल र तिनका नेताहरु मुलुक प्रति खासै गम्भिर भएको देखिदैन । आज देश आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले संकटमा छ । देशमा कुनै एक दलको स्पस्ट बहुमत आउन नसकेकोले गठबन्धन सरकार गठन गर्नु पर्ने बाध्यता हाम्रो सामु छ । अहिले देशमा फेरि नयाँ गठबन्धन सरकार गठन भएको छ । तर यो गठबन्धन सरकारले अझै सम्म पूर्णता पाउन सकेको छैन । बिश्वासको मत प्राप्त गरिसके पछि मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा पनि बाहिर आएको छ । आज हाम्रो देशमा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ भने तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न सफल भएको छ । राजनीतिमा जे पनि हुदो रहेछ । गठबन्धनको राजनीतिले मुलुकलाई सहि दिशा तर्फ लान सक्दैन । गठबन्धनको राजनीति जुन सुकै बेला पनि दुरघटना हुन सक्छ । चुनाव अघि नेपाली काँग्रेस स...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि ...
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
समाचार, समाज

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन्।...
सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम
मनोरन्जन, समाचार

सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । गीतकार ढकाललाई रु.१७,६९६ नगदराशिसहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यस्तै म्यूजिक भिडियोको सुरुवाती चरणका छायाँकार मधुर बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड प्रदान गरिएको थियो । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको यस अवार्डमा ज्योती विकास बैंकको प्रस्तुती रहेको थियो भने साहारा एपले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाका...
जनसरोकारका बिषयमा केही कुरा
राजनीति, समाचार

जनसरोकारका बिषयमा केही कुरा

-डा.डिआर उपाध्याय,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैत...