Blog

राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक(भिडियो)

राजा राजेन्द्र पोखरेलको स्वर रहेको 'पिरतीको चस्मा'को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार तथा होष्ट समेत रहेका राजा राजेन्द्रको गीतको भिडियोमाअभिनेता जीतु नेपालले आफ्नो अभिनय करियर मै पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । अभिनेता नेपालको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2OgNQEY73UE समारिका र स्मारिकाले पनि यही भिडियो मार्फत औपचारिक रुपमा अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको छ । अहिलेका व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बने...
गायक सुगम पोखरेलको स्वरमा नयां गीत ‘मायालु साबुन’आउदै
मनोरन्जन, समाचार

गायक सुगम पोखरेलको स्वरमा नयां गीत ‘मायालु साबुन’आउदै

सुगम पोखरेलको स्वरमा रहेको गीत ‘मायालु साबुन’ स्रोता/दर्शकमाझ आउँदैछन् । उक्त गीतको भिडियोको ४० सेकेण्ड लामो टिजर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोको टिजरमा गायक पोखरेललाई भन्न गेटअपमा प्रस्तुत भएको देखिएको छ । https://youtu.be/D7XTt94D4Sg गायक पोखरेलले उक्त टिजरलाई आफ्नै युट्यूब च्यालनमार्फत अपलोड गरेका हुन् । मायालु साबुनको भिडियो पनि सोही च्यानलबाट अपलोड हुने बताइएको छ । नितिन चन्दद्वारा निर्देशित उक्त गीतको भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित दीपक घिमिरेका साथमा पूजा गिरी तथा नीभा अधिकारी फिचर्ड छन् । पदम सुवेदीले उक्त भिडियो सम्पादन गरेका हुन् भने रुपेश थापा यसका छायांकार हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।...
कविन्द्र श्रेष्ठको नयां तिहार गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कविन्द्र श्रेष्ठको नयां तिहार गीतको भिडियो सार्वजनिक(भिडियो)

गायक कविन्द्र, विश्व र प्रविशाको 'मखमली तिहार' सार्वजनिक काठमाण्डौ नेपाली संगीतिक क्षेत्रमा ३ दशक बिताईसकेका चर्चित गायक कविन्द्र श्रेष्ठ, प्रबिशा अधिकारी र विश्व प्रधानको स्वर रहेको मखमली तिहार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको संगीत तथा सन्दिप दाङगीको शब्द रहेको छ । सैलेन्द्र प्रधान 'बाबु'को एरेन्ज रहेको गीतलाई श्रेयस प्रधानले रेकर्ड गरेका छन । https://www.youtube.com/watch?v=B3TzL3PCFSs&feature=youtu.be&fbclid=IwAR1n3-IIoNTenuQrrowxHi50gIWPN5X-H3rd-HWxjrzsJuqPJd9UpX2g0qw मिक्सिङ मास्टररिङ्ग युगल खोंजुले गरेका छ । भिडियोलाई स्वयम गायक विश्व प्रधानले नै निर्देशन गरेका छन भने कबिन्द्र श्रेष्ठ , बिश्व प्रधान, महेश ज्ञवली, क्रिस्टिना श्रेष्ठ, राजन थापा, सोनी लामा, बिधा कार्की, शंकर सेढाई, रश्मी श्रेष्ठ, नारायण पौडेल लगायतलाई फिचर्ड गरिएको छ । तिहारक...
गितकार यसु थापाको ‘बदनाम’मा नायक आयुष र मोडल बर्षा खड्काको अभिनय(भिडियो)
मनोरन्जन, समाचार

गितकार यसु थापाको ‘बदनाम’मा नायक आयुष र मोडल बर्षा खड्काको अभिनय(भिडियो)

गीतकार यशु थापाको गीति एल्बम ‘नाम’ तथा एल्बममा समावेश 'बदनाम' बोलको गजल भिडियो बेल्जियमको राजधानी ब्रसेल्समा एक साथ सार्वजनिक गरिएको छ । बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले उक्त गजल संग्रह तथा भिडियोको सार्वजनिक गर्दै विदेशमा पनि गीत संगीतको माध्यमद्वारा नेपाली कला संस्कृति जगेर्ना गरिनु राम्रो कुरा भएको बताउनुभएको थियो ।विमोचित एल्बम‘नाम’मा गितकार यसु थापाद्वारा रचित पाँच वटा गीत रहेका छन् ।उक्त गीतमध्ये दुई वटामा राज सागरले तीन वटा र सुरज थापाले दुई वटामा संगीत दिनुभएको छ भने गायकमा आनन्द कार्की, अन्जु पन्त, निशा देसार, सुरज थापा र राज सागर रहनुभएको छ । https://www.youtube.com/watch?fbclid=IwAR2pSsb8jiiCTVpIbToVgE7fy57FcdcPNQUhTUfF00WX2ra2BxaDrL9Z5RE&feature=share&v=ocmWI0_AwG4&app=desktop#dialog सोही कार्यक्रममा सार्वजनिक गरिएको भिडियो भने राज सागरको स...
ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्
अन्तर्राष्ट्रिय, अपराध, रोचक, समाचार

ब्ल्याकमेल गर्ने डाक्टरलाई नर्सको कठोर बदला : काटेर पकाइन्, मासु ट्वाइलेटमा हालिदिइन्

आफूलाई यौनका लागि ब्ल्याकमेल गर्ने आफ्ना सिनियर डाक्टरलाई एक नर्सले काटेर पकाइन् । त्यसपछि उनले पाकेको मासुलाई ट्वाइलेटमा हालेर फ्लश गरिदिइन् । घटना चीनको हो । द सनमा प्रकाशित रिपोर्टअनुसार ली फेनपिङ नामकी ती नर्सलाई डाक्टरले लगातार ब्ल्याकमेल गरेपछि रिसमा उनले यस्तो गरेकी थिइन् । ली फेनपिङलाई यो अपराधको लागि मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियाका अनुसार २५ वर्षकी ली आकस्मिक विभागमा खटिएकी थिइन् । उनको सोही अस्पतालको अर्थोपेडिक्स विभागका उपप्रमुख डा. लू युआनजेनसँग यौन सम्बन्ध थियो । नर्स लीलाई जुवा खेल्ने लत लागेको थियो र उनले जुवामा थुप्रै पैसा हारेकी थिइन् । उनले जुवा खेल्नको लागि आफ्ना सहकर्मी डाक्टर युआनजेनसँग पैसा सापटी लिएकी थिइन् । लीले ती डाक्टरसँग यौन सम्बन्ध राखेर आफूले लिएको पैसा किस्तामा तिरिरहेकी थिइन् । पैसा तिर्नको लागि उनले डाक्टरसँग हप्तामा ३...
तिहार र छठ पछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह
राजनीति, समाचार

तिहार र छठ पछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ। बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन्। काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए। उपत्यकामा बढीरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए। सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए। मह...
मलेसियामा एक नेपाली युवतीको हत्या
अपराध, समाचार

मलेसियामा एक नेपाली युवतीको हत्या

मलेसियामा एक नेपाली युवतीको हत्या भएको मंगलबार मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन्। आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो। युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका युवकलाई अस्पताल पुर्याएको छ भने शवको मुचुल्का बनाएको छ।...
सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह :डा.डिआर उपाध्याय
राजनीति, समाचार

सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह :डा.डिआर उपाध्याय

सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह पछिल्लो समयमा आएर सरकारले जनजीविकासँग जोडिएका केही महत्वपूर्ण बिषयमा लोकप्रिय निर्णयहरू गरेको छ । जसले गर्दा अहिले सरकारले जनस्तरबाट स्याबासी पाएको छ ।.यो हामी सवैको लागी खुशिको कुरा हो । सरकार केहि समय अघि देखि जनजीविकासँग जोडिएका महत्वपूर्ण बिषयमा खासै ध्यान नदिएर आरोप खेपिरहेको थियो । केही महत्वपूर्ण निर्णयहरू संगै सरकारले देशवासीका लागी राम्रो सन्देश प्रवाह गरेको छ । यसले जनतामा केहि आशाको दियो बोलेको छ ।. सरकारले पछिल्लो समयमा आएर गरिब, निमुखा वर्गका नागरिकप्रति असल अभिभावकीय जिम्मेवारी बहन गरेको सन्देश प्रवाह गरेको छ । यो नै महत्वपूर्ण कुरा हो .। कोभिड– १९ को महामारीका कारण सर्वसाधरण नागरिक घर न घाटको अवस्थामा पुगेका थिए । सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह छाएको छ । सरकारको बिरोध मात्र गरेर हुदैन , आबश्यक परे सरकारलाई सहयोग गर्न नागरिक तयार...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।...
प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन
अर्थ/व्यापार, समाचार, समाज

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।...