Blog

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै
समाचार, समाज

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ। ...
‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानि
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानि

चितवन — कार्तिक २८, २०७७। पछिल्लो समय चर्चित ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना वाईल्ड कार्डमार्फत छनौट गरिएको हो । प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका छन। उत्कृष्ट १२ मा काभ्रेबाट सम्मान मल्ल श्रेष्ठ, चितवनबाट शोना घिमिरे, काठमाडौंबाट काजोल नेपाल, अष्ट्रेलियाबाट पूनम तिरुवा, काठमाडौंबाट जनम परियार, अष्ट्रेलियाबाट सृजना घिमिरे, चितवनबाट अर्बिना ढकाल, रुपन्देहीबाट आरोही अधिकारी, चितवनबाट मनोज बिक र गैंडाकोटबाट रोहित पाण्डे रहेका छन्। त्य...
बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी
समाचार, समाज

बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

तनहुँ, २८ कार्तिक- शिक्षाविद् डम्बरदेव कैनी बाल संगठन तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएका हुन । कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । कैनी शान्ती बर्ष उमाविका पुर्व प्राचार्य हुन ।देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् । नवनियुक्त अध्यक्ष कैनीले शुक्रबार पदबहाली गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थिति रहेको थियो । भद्र स्वभाव र बालसुलभ व्यवहार कैनीका सबल पक्ष हुन । उनी मानवअधिकारका क्षेत्रमा पनि सकृय छन् ।...
विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो । त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ । विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो । विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।...
समाचार, समाज

आज काग तिहार,कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्...
सिमानाका प्रतिबन्ध एक महिना लम्बियो
अर्थ/व्यापार, राजनीति, समाचार

सिमानाका प्रतिबन्ध एक महिना लम्बियो

। सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् ।
फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । ६३ बर्षे ग्रेगले यूइएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन् । गत बर्ष युइएफएको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि २०२३ सम्म बस्ने बताएको थिए । उनले वर्षको एक लाख ९० हजार पाउन्ड तलब पाउने गरेका थिए । अब ग्रेगले फिफाको भोटिङ राइट्सपनि गुमाएका छन् । उनले यूइएफएविरुद्ध नराम्रो कमेन्ट गरेको आरोप लागेको छ । क्लार्क फिफाको चुनावमा युएइफएबाट उपाध्यक्षमा लड्ने तेस्रो उपाध्यक्ष हुन ।...
अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई
मनोरन्जन, समाचार

अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई

काठमाडौं — कार्तिक २६, २०७७। ग्लोवल अनलाईन पे को प्रस्तुती तथा ईनोभेशन ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विश्वव्यापी आतंकको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै बिजयीहरुलाई राजधानीको नयाँ बानेश्वरमा एक कार्यक्रमविच आयोजकले पुरस्कृत गरेका हुन् । घरबाटै नृत्य प्रतियोगितामा सहभागी भएर प्रथम हुने सगुन श्रेष्ठ, दोश्रो हुने अभिनव श्रेष्ठ , तेश्रो हुने गर्दिष्मा मल्ललाई पुरस्कृत गरिएको हो । यस्तै, उत्कृष्ट ६ भित्र पर्न सफल रहेका सदिक्षा पौडेल, सेरेना महर्जन र सिद्दार्थ श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो। विजेताले ‘अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०’ को उपाधी सहित नगद रु १५,०००/-, द्धितिय हुनेले नगद रु १०,००/- र तृतिय हुनेले नगद रु ५,०००/- प्राप्त गरेकाछन भने अन्य उत्कृष्ट ६ भित्र पर्न सफल प...
नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ
अपराध, समाचार

नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ

सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ। एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ। एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको...
पार्टीहरूमा गुटबन्दीको राजनीति: डा.डिआर उपाध्याय
राजनीति, समाचार

पार्टीहरूमा गुटबन्दीको राजनीति: डा.डिआर उपाध्याय

पार्टीहरूमा गुटबन्दीको राजनीति यति बेला नेपालको राजनीति त्यति सहि ढंगले अघि बढन सकेको छैन । सत्तारुढ दल नेकपामा लामो समय देखि बिवाद कायम छ । मुलुकको सवै भन्दा ठूलो दल भित्र विवाद हुँदा सवैको ध्यान केन्द्रित हुँदो रहेछ । यो स्वभाविक पनि हो । मैले त पटक पटक भन्दै , लेख्दै आएको छु । नेकपा भित्रको विवाद छिटो समाधान हुनु पर्छ । यो पाटी फुटनु हुदैन । किन भने यो पाटी बिभाजित भयो भने लोकतन्त्र खतरामा पर्छ । नेकपा भित्रको विवादलाई कुनै अर्थमा राम्रो मान्न सकिदैन । यो बिचार , सिद्धान्तको लडाई होइन , सत्तास्वार्थको लडाई हो । यसमा कसैले साथ दिन सकिदैन । यदि पाटी बिभाजित भईहाल्यो भने किन रुन्छस् मंगले आफनै ढंगले भन्र्ने उखान सावित हुने छ । शक्ति र सत्ताको आडमा आफूलाई जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन । यति बेला कोरोनाका कारण उद्योग–व्यवसाय, व्यापार, कृषि, पर्यटन, जलस्रोतजस्ता कुनै पनि क्षेत्र स...