Blog

जग्गाको कित्ताकाट नगर्न सर्वोच्चको आदेश
अर्थ/व्यापार, समाचार

जग्गाको कित्ताकाट नगर्न सर्वोच्चको आदेश

सरकारले गरेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नाममा अन्तिरम फैसला गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार निवेदकको माग दाबी अनुसार फैसला गरेको हो । यसअघि असोज ८ गते सर्वोच्चले कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न भूमि व्यवस्था मन्त्रालयलाई अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।...
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे
मनोरन्जन, समाचार

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन सफल भ...
सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो
राजनीति, समाचार

सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो

सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८।८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको छ । आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।
बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ
अपराध, समाचार

बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ

बलात्कार मुद्दामा कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले सुनसरी अदालतबाट आज सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिएका हुन् । अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सिद्धबाबालाई १६ मंसिर ०७६ मा अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि चर्को आलोचना भएको थियो । त्यसपछि ९ माघमा उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सुनसरी अदालतले उनलाई सफाई दिएको छ ।...
बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
समाचार, समाज

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

 प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले...
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका आज  १ हजार १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।...
नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित
राजनीति, समाचार

नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित

डा.डिआर उपाध्याय नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा चुनाव लडेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको भावनात्मक एकता अझै सम्म हुन सकेको छैन । एकता महाधिवेशनबाट निर्वाचित नेतृत्व नआउञ्जेलसम्म यो समस्या यहि अवस्थामा रहिरहने देखिन्छ । महाधिवेशन कहिले हुन्छ त्यो पनि टुंगो छैन । माथिल्लो तह देखि तल्लो तह सम्म नेकपाका आम नेता कार्यकर्ताहरू अन्योलमा छन् । नेताहरू महाधिवेशनको तयारीमा लागेको देखिँदैन । आन्तरिक बिवाद चुलिदै गएको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा जनताले झन्डै दुईतिहाइको बहुमत दिएर सरकार चलाउने अनुमति दिएका छन । तर सरकार जनताप्रति जवाफदेही हुन सकेन । बिगतमा अस्थिर सरकारको कारण मुलुकले विकासका काम गर्न सकेन । अस्...
सुपर प्लस साइज मोडलको खोजी
मनोरन्जन, समाचार

सुपर प्लस साइज मोडलको खोजी

काठमाडौँ, मंसिर २२- धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राज...
गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । https://www.youtube.com/watch?v=LYFVBudXHbM&fbclid=IwAR1wrTg__5jDLWszgxybQQlisQRlm9Zw7z_JFszkJ02MaIxFqDJ1Sobi5qY म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।...
लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ
राजनीति, समाचार

लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ

डा.डिआर उपाध्याय नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनता प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनताको फाइदा उठाउँदै दक्षिणपन्थी शक्तिहरु सल्बलाउन थालेका छन्। यो चिन्ताको बिषय हो । देशका बिभिन्न शहरहरुमा राजावादीहरु नारा जुलुस लगाउँदै हिडिरहेका छन । सबैजसो पार्टीभित्र आन्तरिक बिवाद छ । दलहरु सत्ता स्वार्थको राजनीति गर्नाले समस्या उव्जिएको छ । दलहरुमा राजनीतिक संस्कार, उच्च नैतिकता, इमानदारी भएको देखिँदैन। झन्डै दुइतिहाई बहुमतको दम्भले नेकपाभित्र आन्तरिक कलह चुलिएको छ। कोभिड– १९ ले विश्व नै नराम्ररी प्रभावित भएको छ। नेपाल पनि यसबाट आक्रान्त छ। यस्तो महामारीमा जनतामा कसरी स्वास्थ्योपचार, परीक्षण र राहत पुर्‍याउने भनेर नेकपा सरकार लाग्नु पर्नेमा उल्टो आन्तरिक बिवादमा रुमल्लिदै बसेको छ । पार्टीको आन्तरिक झगडाका कारण ओली सरकारको ध्यान पूर्णरूपमा कोरोना नियन्त...