गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)


संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् ।

भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *