Blog

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन
राजनीति, समाचार, स्वास्थ्य

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।...
सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास
राजनीति, समाचार

सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

डा.डिआर उपाध्याय सरकारी पैसा सहि रुपमा सदुपयोग गरेर देशको बिकाश गर्ने कुरामा सरकारको ध्यान जान पर्ने आबश्यकता देखिएको छ । फजुल खर्च रोक्ने जुन किसिमको सरकारको योजना छ , त्यो कार्यान्वयन पक्ष महत्वपूर्ण हो । अहिले हाम्रो शासन प्रणाली संघीय संरचनामा गएको छ । जसले गर्दा देशको खर्च पनि बढिरहेको छ । सरकारी खर्चको दायरा बढ्दै गएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र पनि धराशयी हुने चिन्ता बढिरहेको छ । सरकारले फजुल खर्च नियन्त्रण गर्ने प्रयास गरेको छ । कार्यविधि नै बनाएर सार्वजनिक कार्यालय र सरकारी अधिकारीको खर्चमा अंकुश लगाउने कुरा छ । यो प्रयास राम्रो छ । प्रभावकारी कार्यान्वयन हुन भने जरुरी छ । यति बेला देशको अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्र उकास्नको लागि पनि यो उपाय भरपर्दो हुनसक्छ । बिगत देखि नै सरकारी कार्यालयहरूमा अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति मौलाइरहेको थियो । फजुल खर्...
रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको यूट्युबमार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/5nrffiOb584 उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् ।...
फेरि राजनीतिक सङ्कट थपिदै
राजनीति, समाचार

फेरि राजनीतिक सङ्कट थपिदै

डा.डिआर उपाध्याय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिले सम्म देश बिकाश र समृद्धिको यात्रा पुरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्घ कसले लडाइरहेको छ । अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्न कसले छेकेको छ ? समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कि नगर्ने यो गम्भिर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो संकेत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन । देश...
चेम्बर पदाधिकारीसँग रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको भेट
अर्थ/व्यापार, समाचार

चेम्बर पदाधिकारीसँग रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको भेट

काठमाडौं, २४ मंसिर – रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे । व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त ग...
विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघेको छ । जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९५ लाख सक्रिय संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड ५५ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९३ हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४१ हजारको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय ३७ जनाको मृत्यु भएको छ ।...
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
अर्थ/व्यापार, राजनीति, समाचार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो। त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो। यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ। हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र...
मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने
अर्थ/व्यापार, समाचार

मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने भएको छ। मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो। साथै २८ गतेबाट मनकामना मन्दिरमा पूजाआजा पनि सुरु गर्ने समितले जनाएको छ। मन्दिरमा पूजाआजा सुरु गरिए पनि पञ्चवली, लाखबत्ती बाल्ने लगायतका कार्य भने तत्काल सुरु हुने छैनन्।...
हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक ?
राजनीति, समाचार

हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक ?

डा.डिआर उपाध्याय नेपाली कांग्रेस लामो ऐतिहासिक इतिहास बोकेको पार्टी हो । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ की भन्र्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलन देखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुदैन । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो। यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गदै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भ्ुल्नु हुदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुटमा बिभाजित छ । विगत इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन । ०७ सालको क्रान्ति, ०३६ सा...
‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न

बुटवल— मंसिर २३, २०७७। पि प्रोडक्सन नेपालले सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को उपाधि सन्ध्या श्रेष्ठ, बरुण भुषाल र रोशिनी खप्तरीले जित्न सफल भएका छन्। बुटवलको दरवार लनमा सम्पन्न भएको ग्राण्ड फिनालेमा सन्ध्याले ‘मिस वर्ल्ड वाईड नेपाल ईन्टरनेसनल, २०२०’ को ताज पहिरिदा बरुणले बरुणले ‘मिस्टर वर्ल्ड वाईड नेपाल, २०२०’को उपाधी हात पारे भने ‘मिस वर्ल्ड वाईड नेपाल, २०२०’ को ताज पहिरिन। त्यसैगरी ‘मिस वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी सपना क्षेत्री, ‘मिस्टर वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी निखिल योगी, ‘मिस वर्ल्ड वाईड नेपाल प्री-टिन, २०२०’ तर्फको उपाधी आयु्षा कालिराज र ‘मिस वर्ल्ड वाईड नेपाल लिटिल, २०२०’ तर्फको उपाधी आयु्षा पौडेलले हात पार्न सफल भएका छन। प्रशान्त शाहको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्...