Blog

भोली राजधानीमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने
खेलकुद, समाचार

भोली राजधानीमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने

महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो। कार्यक्रम फाउन्डेसनको प्राङ्गणमा दिउँसोको २ बजे देखि ५ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडीहरुको उपस्थितिमा स्वास्थ्यको मापदण्डलाई ख्याल गरि, भौतिक दुरि कायम गरि हुने कार्यक्रमका आयोजक टिमले बताए । फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले  यस प्रकारको महिला च्याम्पियनसिप देशमा लकडाउनपछी पहिलो पटक हुन लागेको खड्काले बताइन् । उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।” खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई...
घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर
अपराध, समाचार

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर भएका छन्। घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले शुक्रबार फैसला गर्दै भ्रष्टचारी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको सँयुक्त इजलासले विभागकै तत्कालिन शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरुमा पौडेल र केसीलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा तत्कालिन महानिर्देश पाण्डे पनि पक्राउ परेका थिए। पाण्डेलाई पक्राउ २०७४ कात्तिक २८ गते पक्राउ गरेको थियो। तत्कालिन महानिर्देशक पाण्डेले कालो सूचीमा परेको एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।...
नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)

गीतकार लोकराज अधिकारीले ल्याए क्या बात ! नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ । https://www.youtube.com/watch?v=ruqrkLO8QOk&feature=youtu.be&fbclid=IwAR1nzlVfR6WW4f94WmACjfo4hK0OJjAZ7LK3xx4pqMLSV9XZ4ZpBjDqF6ls गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा रोजिना अधिकारीको अभिनय रहेको छ । बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर ...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
खेलकुद, समाचार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।...
विश्वभर कोरोना संक्रमितको संख्या सात करोड नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड सात लाख २० हजार तीन सय १७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ करोड ५८ लाख ८ हजार चार सय ३७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म चार करोड ९१ लाख ४८ हजार तीन सय ३८जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ६० लाख ३९ तीन सय ९३ जनामा संक्रमण पुष्टि भएको । त्यहाँ २ लाख ९९ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा ९७ लाख, ९६ नौ सय ९२ संक्रमितमध्ये एक लाख ४२ हजार दई सय २२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म २ लाख ४५ हजार ६ सय ५० जना पुगेको छ । जसमध्ये १६ सय ६३ जनाले ज्यान गुमाएका छन ।...
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
अर्थ/व्यापार, समाचार

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ। पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ। कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए। विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो। तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ। प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो। त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने ...
ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ
समाचार, स्वास्थ्य

ख्याल गर्नुहोस्, फोहोर मैलाको कारण संक्रमण बढ्न सक्छ

डा.डिआर उपाध्याय काठमाडौँ उपत्यकामा फोहोर मैला ब्यबस्थापन सहज रुपमा हुन सकेको अवस्था देखिदैन । यो काठमान्डौ महानगरपालिकाको लागि चुनौतीको विषय हो । काठमान्डौ उपत्यकाका अधिकांश भूभागमा फोहोरका थुप्राहरु देखिन्छन् । यसले आम उपत्यकाबासीलाई दुर्गन्धित बनाई रहेको छ । यस प्रति सरोकारवाला निकाय किन मौन ? यति बेला उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ । यस विषयमा सबै गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । फोहोर मैलाको कारणले गर्दा पनि संक्रमण बढ्न सक्छ । जाडो मौसममा कोरोनाको जोखिम बढ्ने स्वास्थ्य विद्ले बताइरहेका छन् । यस्तो अवस्थामा तपाई हामी आजै देखि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विगत नौ महिना देखि बन्द स्कुल कलेज खोल्न सक्ने वातावरण पूर्ण रुपमा बन्न सकेको अवस्था छैन । पहुच र सुगम ठाउँका विद्यार्थीहरुले मात्र भर्चुअल कक्षाको उपयोग गरिरहेका छन् दुर्गम र विपन्न वर्गका विद्यार्...
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा पदाधिकारी सहित जमल स्थित चेम्बर भवनमा
अर्थ/व्यापार, समाचार

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा पदाधिकारी सहित जमल स्थित चेम्बर भवनमा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित जमल स्थित चेम्बर भवन प्रवेश गरेका छन् । महासंघ अध्यक्ष गोल्छा नवनिर्वाचित पदाधिकारी सहित बिहिवार चेम्बरद्वारा आयोजित स्वागत आतिथ्यता साथै बधाई कार्यक्रममा उपस्थित भएका हुन । महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले न्यानो आतिथ्यता टक्राएका थिए । यसै माझ नेपाल चेम्बर अफ कमर्सले जमल स्थित आफनै भवनमा स्वागत गर्दै महासंघ अध्यक्ष गोल्छा, वरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ ,रामचन्द्र संघाई र कोसाध्यक्ष सुकुन्तलाल हिराचनलाई कार्यकालको पूर्ण सफलताको कामना सहित बधाई दिएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका प्रतिनीधीमूलक संस्था बीच विगत समय देखिनै बिभिन्न कार्य र क्षेत्रहरुमा सहकार्य हुँदै आएको स्म...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत ‘वाचा गरी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत वाचा गरी को लिरिकल भिडियो सार्वजनिक भएको छ । यो गीत केही समय अगाडि रिलिज भएको गीतकार उपाध्यायको एकल रचनाको एल्बम घरोहर बाट लिईएको हो । सागर अधिकारी ‘शरद’ को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र सपना अधिकारीले स्वर दिएका छन् । एक अर्काप्रतिको समर्पण भाव व्यक्त भएको यस गीतमा जुन विश्वाश र प्रेमले एक गराएको थियो त्यो विश्वाश र प्रेम अविरल अनि अटुट रहेका भावनाहरु व्यक्त भएका छन् । शब्दैपिच्छे फरक फरक आवाजमा रेकर्ड भएको यो विश्व कीर्तिमानी गीत सुरुदेखि अन्त्यसम्म नै एउटा शब्द मेल र अर्को शब्द फिमेल गरी रेकर्ड गरिएको छ । भिडियो गीतकार उपाध्यायको आफ्नै युट्युब च्यानल  DR Music & Creations बाट सार्वजनिक भएको हो । https://youtu.be/-PJnV-T4x_E फरक शैलीका गीत मार्फत डा....
च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा

मोहमद च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सलाहाले भने कीर्तिमान कायम गरे । सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए । लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो । सलाहाले च्याम्पियन्स लिगमा २२औँ गोल पूरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरेका हुन् ।...