समाचार

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई

दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यशिमा मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् । पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस ब्युटीफुल नेपालमा फस्ट रनरअप, पन्चुअल तथा मिस पपुलरको उपाधि अनिता खत्रीले जितिन् । यसै गरी सेकेन्ड रनरअप तथा बेष्ट स्किनको उपाधि खुस्बु अग्रवालले र थर्ड रनरअप तथा मिस डिसिप्लेनको उपाधि अन्सु अर्यालले हाँसिल गरे । सोही क्रममा मिसेस ब्युटिफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट र्याम्पवाकको उपाधि मायाँ श्रेष्ठ मतिनाले, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअलको उपाधि इन्दु कुँवरले प्राप्त गरे । सोही कार्यक्रम मिस नेपाल ...
एमसीसीले ततायो सडक र राजनीति
राजनीति, समाचार

एमसीसीले ततायो सडक र राजनीति

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जसरी भए पनि संसदबाट पारित गराउनतिर नै ध्यान केन्दित गरिरहनु भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले संग पनि उहाँले बेला बेलामा संवाद अघि बढाइरहनु भएको छ । आज एमसीसीकै कारण मुलुकको राजनीति तरंगित छ । भोली नेपाली राजनीति के हुन्छ यसै भन्न सकिने अबस्था छैन । यसले हरेक पार्टी, गठबन्धनमा समेत विभाजन ल्याउने संकेत देखिएको छ । राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना देखिदै छ । अहिले सत्तागठबन्धन नै संकटमा छ । यही कारणले भोली दलका नेताहरु टुटफुट हुन सक्छन ।  राजनीकि ध्रुवीकरण बढेर गयो भने देश संकटमा पर्ने सम्भावना छ । त्यसैले राजनीतिक दलहरु गम्भिर बन्न जरुरी छ ।  सत्तागठबन्धन त धरापमा परि सक्यो । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र तीव्र मतमतान्तर देखापरिरहेको छ । प्रम देउवा...
झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि
मनोरन्जन, समाचार

झरनाले उचालिन् नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ । बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको राम्रो संगम भएको पाइयो । आईआईएफटीका डिजाइनरहरु तथा पम्फाज् कुटरले तयार पारेका पहिरनमा आफ्नो उत्कृष्ट प्रस्तुतिहरु दिने क्रममा एक पछि अर्को गर्दै फेसनमय दृष्यहरु ¥याम्प माथि प्रदर्शन गर्ने क्रममा सहभागि प्रतिस्पर्धीहरु मध्येबाट अन्ततः च्यासल ललितपुरकी झरना रेग्मीले नेपाल्स नेक्स्ट सुपर मोडल सिजन फाइभको उपाधि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । उनले वेष्ट बडीको अवार्ड पनि जितिन् । रनवे मोडलिङको विविध पक्षमा आधारित भएर मुल्यांकन गरिएको स...
महादेवको रुपमा गीतकार लोकराज अधिकारी(भिडियो)
मनोरन्जन, समाचार

महादेवको रुपमा गीतकार लोकराज अधिकारी(भिडियो)

महाशिवरात्री पर्वको अवसर पारेर जय शम्भो बम बम भोले बोलको गीत सार्वजनिक भएको छ । बुधवार वाइटिएच इन्टरटेन्मेन्ट युटुब बाट सार्वजनिक भएको गीतलाई गीतकार लोकराज अधिकारीले रचना गरेका हुन । अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको गीतको म्युजिक भिडियोमा योगेशकाजी ,चक्र बम , अनुप अधिकारी र प्रकाश मल्लले साथ दिएका छन् । भने गीतकार अधिकारीले पनि महादेबको भुमिका निभाएका छन । https://youtu.be/-dl8xpwRM1A गीतमा योगेशकाजी , चक्र बम ,मेघ पौडेल ,सारिका घिमिरेले स्वर दिएका छन् । गीतमा संगीत र एरेन्ज पनि योगेशकै हो । अर्जुन तिवारीले छायाँकन गरेको भिडियो लाई राजिव समिरले कोरियोग्राफी र निर्देशन गरेका छन् । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिरमा छायाँकन गरिएको भिडियोलाइ सुप्रीम पराजुलीले सम्पादन गरेका हुन । लोकगीत ,आधुनिक गीत , पप गीत ,चलचित्रका गीत गजल सहित एक सय पचास बढी गीत लेखेका गीतकार...
डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण
समाचार, समाज

डीआर म्युजिक क्रियशनद्वारा चेपाङ बस्तीमा लता कपडा वितरण

चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गरिएको छ । कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले यो समुदायमा आएर लता कपडा वितरण गर्नुभएको हो । चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौतारामा ५५ घर परिवारका सदस्यलाई लता कपडा वितरण गरिएको थियो भने खाना खुवाइएको थियो । सो अवसरमा डा. उपाध्यायको चेपाङ जागरणसम्बन्धी गीतको पनि छायांकन गरिएको थियो । पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखेर त्यसको छायांकन र राहत कार्यक्रम लिएर आएकोमा डा. उपाध्यायका कार्यलाई सबै चेपाङ समुदायले स्वागत गर्नुका साथै धन्यवाद ज्ञापन गरेका थिए । ‘पिछडिएको समुदाय चेपाङ समुदयमा आएर डा.डीआर उपाध्यायले गरेको सामाजिक कार्य तथा हाम्रै लागि जागरणसम्बन्धी गीत लेख्नु भएकोमा हामी सबै आभारी छौं, यसका लागि उहाँलाई हामी धन्यवाद ज्ञापन गर्दछौ’, पत्रकार नेपोलीयन चे...
शहिदहरुको सम्मानमा इमाडोल जेसीजको ‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम
समाचार, समाज

शहिदहरुको सम्मानमा इमाडोल जेसीजको ‘एक ब्यक्ति एक बिरुवा’ कार्यक्रम

७२ औँ प्रजातन्त्रको अवसरमा इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा ‘एक ब्यक्ति एक बिरुवा रोपौ’ कार्यक्रम सम्पन्न भएको छ । फागुन ७ गते ललितपुर स्थीत बोझेपोखरीमामा उक्त कार्यक्रममा १०४ बर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रीक शासन प्रणाली स्थापनाको भएको सम्झनामा र प्रजातन्त्र स्थापनाको लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात शहिदहरुको सम्मान स्वरुप बोझेपोखरी परिसरमा धुपीका बिरुवाहरु रोपिएको हो ।देशको ऐतिहासिक दिन प्रजातन्त्र दिवसकाृ दिन ऐतिहासीक स्थल बोझी पोखरीमा शहिदहरुको नाममा उपस्थित हरेक ब्यक्तिले बिरुवाहरु रोपेर प्रजातान्त्रिक योद्धाहरु प्रति सम्मान प्रदान गरिएको बताउदै इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले कार्यक्रममा एक ब्यक्तिले एक बिरुवा रोप्ने कार्यले वातावरण संरक्षणमा नागरिकको कर्तब्य बोध गराउन महत्वपुर्ण सन्देश समाजमा प्रदान गरिएको बताइन् । एक ब्यक्ति एक बिरुव...
नृत्य निर्देशक संघको आयोजनामा प्रथम राष्ट्रिय नृत्य दिवस
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघको आयोजनामा प्रथम राष्ट्रिय नृत्य दिवस

साँस्कृतिक एवं ऐतिहासिक मध्यपुरथिमि नगरपालिकाको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरुले सिंगो देश यहीँ उभिएको आभाष दिइरहेको थियो । नेवारी परिहण हाकुपटासीदेखि, थारु, मैथली, भोजपुरी, लगायत देशभरबाट आएका कलाकारको पहिरणसँगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न बिद्यालयबाट आएको लामबद्ध बिद्यार्थीहरुको हौसलाले मध्यपुरथिमिको रौनक बढाइरहेको थियो । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको आगमनसँगै आकाशबाट हेलिकप्टरले पुष्पबृष्टि गरेसँगै यहाँ छुट्टै रौनक देखियो । पुष्पबृष्टि पछि नगर प्रमुख श्रेष्ठले रिबन काटेर सुरु गर्नु भएको बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भयो । कार्यक्रमको उद्घाटन गर्दै मध...
‘बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘बुहारी चाहियो घर’ सार्वजनिक(भिडियो)

‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियोको ट्रिजर ओएस्आर डिजिटलबाट सार्वजनिक भएको छ । निकै मिहिनेत गरेर आफुहरुले यो भिडियो सार्वजनिक गरेको र सम्पूर्ण टिमले नै भिडियोमा गरेको मिहिनेतका लागि आफुले हृदयदेखी नै धन्यवाद व्यक्त गरे भने भिडियोलाई एक चोटि हेरिदिनु हुन पनि लिड मेल आर्टिष्ट जयन्द्र साउद लगायत टिमले सबै दर्शकमा अनुरोध गरे । https://www.youtube.com/watch?v=gEVl-ETnvUg इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशान गरेका छन । भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिश जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ । भुपेन्द्र सिंह र रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन...
‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली
मनोरन्जन, समाचार

‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली

विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना सम्पन्न गर्दै आएको दक्ष ईन्टरनेशनलले ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ले सातौं संस्करणको ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली हुने भएको छ ।। उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट छनौट भई कुल १५ प्रतिस्पर्धी ‘मिस ब्युटीफुल नेपाल’ को सातौं संस्करणको बिजेता बन्नका लागि तयारीमा छन् । त्यसैगरी ‘मिसेस ब्युटीफुल नेपाल’ को छैठौं संस्करणको उपाधीको लागि ६ जना प्रतिस्पर्धी छनौट प्रक्रियाबाट छनौट भई प्रतिस्पर्धामा उत्रिएका आयोजकले जनाएको छ । मिस ब्युटीफुल नेपाल २०२२ तर्फ रन्जना शाही, अनिता खत्री ‘निशु’, अन्शु अर्याल, उशा घिमिरे, गीता प्रसाई, नम्रता अधिकारी, खुश्बू अग्रवाल, बिनिता राना, माया पाण्डे, उर्मिला बस्नेत, यश्मिना मल्ल ठकुरी, शिल्पा बाजिको र अस्मिता बाखरेल त्यसैगरी ‘...
ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक
मनोरन्जन, समाचार

ज्ञान्दरी कैनीको ‘मञ्जरी’ सार्वजनिक

स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा. कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो । एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि काटिएको थियो ।अल्टा ग्राफिक्सका प्रमुख सल्लाहाकार तीर्थराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरूले स्रष्टा कैनीको साहत्यिक व्यक्तित्वका बारेमा उहाँको सार्वजनिक गजल एल्वम ‘मञ्जरी’का बारेमा आ-आफ्ना भनाइ राख्दै शुभकामना तथा बधाई दिनुभएको थियो । एल्बम ‘मञ्जरी’का बारेमा संगीतकार राजु सिंहले संमिक्षा गर्नुभएको थियो । सार्वजनिक गजल एल्बममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंग...