महादेवको रुपमा गीतकार लोकराज अधिकारी(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

महादेवको रुपमा गीतकार लोकराज अधिकारी(भिडियो)


महाशिवरात्री पर्वको अवसर पारेर जय शम्भो बम बम भोले बोलको गीत सार्वजनिक भएको छ । बुधवार वाइटिएच इन्टरटेन्मेन्ट युटुब बाट सार्वजनिक भएको गीतलाई गीतकार लोकराज अधिकारीले रचना गरेका हुन । अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको गीतको म्युजिक भिडियोमा योगेशकाजी ,चक्र बम , अनुप अधिकारी र प्रकाश मल्लले साथ दिएका छन् । भने गीतकार अधिकारीले पनि महादेबको भुमिका निभाएका छन ।

गीतमा योगेशकाजी , चक्र बम ,मेघ पौडेल ,सारिका घिमिरेले स्वर दिएका छन् । गीतमा संगीत र एरेन्ज पनि योगेशकै हो । अर्जुन तिवारीले छायाँकन गरेको भिडियो लाई राजिव समिरले कोरियोग्राफी र निर्देशन गरेका छन् । पोखराको पुम्दीमा रहेको भुमेस्वर महादेब मन्दिरमा छायाँकन गरिएको भिडियोलाइ सुप्रीम पराजुलीले सम्पादन गरेका हुन । लोकगीत ,आधुनिक गीत , पप गीत ,चलचित्रका गीत गजल सहित एक सय पचास बढी गीत लेखेका गीतकार लोकराज अधिकारीले यस प्रकारको गीत लेखेको भने पहिलो हो । हिपहप शैलिको भगवान शिव सम्बधी यो गीतलाइ विशेष गरि युवा पुस्ताले मन पराउनेमा गीतकार अधिकारी आशाबादी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *