‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली


विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना सम्पन्न गर्दै आएको दक्ष ईन्टरनेशनलले ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ले सातौं संस्करणको ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’को टैलेन्ट राउण्ड भोली हुने भएको छ ।

उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट छनौट भई कुल १५ प्रतिस्पर्धी ‘मिस ब्युटीफुल नेपाल’ को सातौं संस्करणको बिजेता बन्नका लागि तयारीमा छन् । त्यसैगरी ‘मिसेस ब्युटीफुल नेपाल’ को छैठौं संस्करणको उपाधीको लागि ६ जना प्रतिस्पर्धी छनौट प्रक्रियाबाट छनौट भई प्रतिस्पर्धामा उत्रिएका आयोजकले जनाएको छ ।

मिस ब्युटीफुल नेपाल २०२२ तर्फ रन्जना शाही, अनिता खत्री ‘निशु’, अन्शु अर्याल, उशा घिमिरे, गीता प्रसाई, नम्रता अधिकारी, खुश्बू अग्रवाल, बिनिता राना, माया पाण्डे, उर्मिला बस्नेत, यश्मिना मल्ल ठकुरी, शिल्पा बाजिको र अस्मिता बाखरेल त्यसैगरी ‘मिसेस ब्युटीफुल नेपाल २०२२’ तर्फ रोजिना अधिकारी, ईन्दु कुवँर, सुमित्रा बज्रचार्य, सुनिता शाह ठकुरी, कल्पना पासवान र माया श्रेष्ठ छनौट प्रक्रियामार्फत छनौट भई उपाधीको निमित्त यही फाल्गुन १४ गते राष्ट्रिय नाचघर जमलमा अन्तिम स्पर्धामा उत्रदैछन् ।

अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रशिक्षण प्रदान भई रहेको कार्यक्रममा प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको दक्ष ईन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.