समाचार

दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु
मनोरन्जन, समाचार

दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु

२ दशक भन्दा लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा शैक्षिक क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर सफल ईभेन्ट संस्थाको रुपमा ख्याती कमाएको एएनपी मिडिया हाउसको आयोजनामा लिटिल स्टार नेपालको दोश्रो संस्करणको तालिम शुरु भएको छ । केहि दिन अघि सम्पन्न छनौट चरणबाट नाम निकाल्न सफल भएका विद्यार्थीहरुका लागि शनिवारदेखि कलंकी स्थित एलआरआई स्कूलमा तालिम शुरु भएको हो । करीब ३०० जना भन्दा बढिले अडिसन दिएकामा ९० जना विद्यार्थीहरु छनौट प्रक्रियामा नाम निकाल्न सफल भएका थिए । जसमा सिनियर तथा जुनियर समूह गरि दुई समूहमा विभाजित गरि उनीहरुलाई देशका लोकप्रिय प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघ,नेपालका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए । नृत्य तर्फ चर्चित कोरियोग्राफर संदीप भुजेल,अभिनय तर्फ लोकप्रिय हास्य कलाकार तथा न...
किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न

काठमाण्डौ, लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन । उनकै निर्देशनमा हालै एउटा ‘केवल एक नजरमा’ बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ । छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन । एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरामा निर्देशक बिष्ट विश्वस्त छन ।...
नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको  प्रदर्शन मिति घोषणा
मनोरन्जन, समाचार

नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको प्रदर्शन मिति घोषणा

प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  वरिष्ठ अभिनेतानीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकिन...
किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई । यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका ध...
सालुका विभिन्न विद्यालयमा गोपाल खड्काले बाडे शैक्षिक सामाग्री
समाचार, समाज

सालुका विभिन्न विद्यालयमा गोपाल खड्काले बाडे शैक्षिक सामाग्री

मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो मूलनारा सहित जेसीजको आस्था बोकेको संस्था नेपाल जेसीज अन्तर्गत राष्ट्रिय स्वास्थ्य समिति २०२२ को आयोजनामा र रामेछाप जेसीजको आतिथ्यतामा स्वास्थ्य सुरक्षामा जेसीजको सहजीकरण एवं विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सपन्न भएको छ ।रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ गैराथोकमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय तथा भिमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल व्याग लगायत शैक्षिक सामाग्री वितरण गर्नुका साथै सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य कार्यक्रमको वारेमा जानकारी मूलक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा नेपाल जेसीज राष्ट्रिय स्वास्थ्य समितिका अध्यक्ष जेसी गोपाल खड्काले आफ्नो व्यक्तिगत तर्फबाट करीब ४०० थान भन्दा वढी स्कूल व्याग बितरण गरेका थिए । शैक्षिक सा...
दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन'(भिडियो)
मनोरन्जन, समाचार

दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन'(भिडियो)

दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन’ दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन ‘डमरू बजाईदेउन’ को भिडियो सार्वजनिक गरेका छन । https://www.youtube.com/watch?v=wTTnzQWDWfU चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन । भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ । भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन । भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ
राजनीति, समाचार

नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति त्यति गम्भिर भएको देखिएन । नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ । देशको भाग्य र भबिश्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरुले हो । राजनीतिलाई सबैले सेवाभावले हेर्नु पर्छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले बिश्वास नगर्न सक्छन । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरुले गम्भिर भएर सोच्नु पर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडी बढाउनु आजको आबश्यकता हो । यो तर्फ सबैको ध्यान जान जरुरी छ । मुलुक सबै हिसावले कमजोर बन्दै गइरहेको अबस्था छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरु यो बिषयमा गम्भिर बन्नु पर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरु दौढ धुपमा छन । यसरी मु...
आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण
समाचार, समाज

आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण

लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा‍‍. गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो । ‘डिभर्ना-काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो । विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो । कृति सार्वजनिक कार्यक्रम डा. रामबहादुर विसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्रष्टा आचार्यले आफ्नो लेखनको सुरुवात २०३७ सालतिरबाट भएको जानकारी गराउँदै आफ्नो पहिलो सिर्जना ‘आ...
‘चाहना एउटै’ भन्दै गायक पवन संगै मोडल आशा भारती(भिडियो)
मनोरन्जन, समाचार

‘चाहना एउटै’ भन्दै गायक पवन संगै मोडल आशा भारती(भिडियो)

मोडल आशा भारती फिचर्ड चाहना एउटै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगितकार पवन भट्टको शव्द,संगित तथा एरेन्जमा तयार भएको गीतको भिडियोमा स्यवं भट्टलाई मोडल आशासंग रोमान्स गरेको भिडियोमा देख्न सकिन्छ । चोभार वरपरको मनोरम दृश्य कैद भएको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन भने सम्पादन हिम्मत चैसीर, कलर टेकेन्द्र शाह र निर्देशन रामकुमार केसीले गरेका हुन । प्रत्युस रानाभाटको निर्माण रहेको भिडियो कलाकार टिभी नामको यूटयूबबाट सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=jotNN7GNyIg पछिल्लो पटक थुप्रै म्यूजिक भिडियोमा व्यस्त मोडल आशा भारतीलाई यो भिडियोमा निकै आकर्षक रुपमा देख्न सकिन्छ । अभिनय यात्राको छोटो समयमा चर्चा बटुल्न सफल मोडल भारतीको उत्कृष्ट गीतहरुको भिडियो आउने क्रममा रहेको छ । आफ्नो काममा निकै लगनशिलता प्रस्तुत गर्ने भारती संचारकर्म संग संगै अभिनयमा समेत ...
‘द मम – व्युटी कन्टेस्ट ’ को उपाधी रमा खड्का पौडेललाई
मनोरन्जन, समाचार

‘द मम – व्युटी कन्टेस्ट ’ को उपाधी रमा खड्का पौडेललाई

सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन । उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा न...