समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन
खेलकुद, समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।...
आशा र निराशाका बीच गठबन्धनको राजनीति
राजनीति, समाचार

आशा र निराशाका बीच गठबन्धनको राजनीति

-डा.डिआर उपाध्याय, बर्तमान अबस्थामा नेपाली कांग्रेस एक्लै चुनावमा गए पनि सबै भन्दा बढी पालिका जित्न सक्छ । तर पनि उ गठबन्धन कायम राखेर चुनावमा जान खोजेको छ । गठबन्धनका अन्य दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी एक्ला एक्लै चुनाव लडन डराइरहेका छन । उनीहरू अहिलेसम्म मिलेर चुनावमा जाने मनस्थितीमा छन । एमसीसी पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आएको छ । स्थानीय तहको चुनावमा गठबन्धन दल भित्र भागबण्डा नमिले गठबन्धन धरापमा पर्ने सम्भावना पनि छ । त्यसैले आशा र निराशाका बीच गठबन्धनको राजनीति अघि बढिरहेको छ । अहिले पनि गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर चुनावमा जान चाहेका छन भने नेपाली काँग्रेसका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् । आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने रणनीतिमा काँग्रेस रहेको बु...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ
शिक्षा, समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ

काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले आफ्नो “स्पोर्ट्स कार्निभल २०७८” को भब्य रूपमा शुभारम्भ गरेको छ । काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राइको प्रमुख आतिथ्यतामा सम्प्नन भएको उक्त कार्यक्रमको सभापतितब विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। बेलुन उडाएर सुरुवात गरिएको उक्त कार्यक्रममा खेल सम्बन्धि नाच गान, मार्च पास, परेड प्रस्तुत गरिएको थियोे भने स्काउटका विद्यार्थीहरूले स्काउट सम्बन्धि विभिन्न प्रस्तुतिहरू गरेका थिए । स्पोर्ट्स कार्निभल आजबाट सुरू भएर फाल्गुन २७ गतेसम्म चल्नेछ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिनेछ्न । कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिनेछ । विद्यार्थीहरूको सर्वाङिण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता कार्यक्रमह्अं्द्रू हरेक वर्ष गर्दै आइरहेको र ग...
जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो)
मनोरन्जन, समाचार

जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो)

जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द, संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/C5tFyQeDf5E दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन्दर संसार सजाउने चाहना पू्रा हुन नसकेको पीडा गीतमा व्यक्त गरिएको छ । गीत जति मार्मिक छ गीतको भिडियो पनि त्यस्तै राम्रो बनेको छ ।...
मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला
मनोरन्जन, समाचार

मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला

काठमाण्डौ, फाल्गुन  । तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन । सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा सम...
अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ
राजनीति, समाचार

अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ

-डा.डिआर उपाध्याय, आज देशको अबस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भबिश्य बनाउने भन्दा पनि जसरी हुन्छ आफै बन्ने ध्यानमा छन । मुलुकको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधरण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौं छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगार नपाएर सडक सडक भौतारिदै हिडिरहेका छन । आज देशमा गम्भिर समस्या देखा पदै छन । सरकार समस्या समाधान गर्ने कुरामा गम्भिर बन्नु पर्छ । देशमा रोजगारी सिर्जना गरी युवाहरुलाई रोजगार दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन । उनीहरुले देशको भबिश्य देख्न सकिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ? यो गम्भिर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ । सधै भरी यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ ...
सोनित ढुङ्गेलको पहलमा सलेशदेव बिद्यालय, सर्लाही शैक्षिक तथा खेलकुद  सामाग्री बितरण
समाचार, समाज

सोनित ढुङ्गेलको पहलमा सलेशदेव बिद्यालय, सर्लाही शैक्षिक तथा खेलकुद सामाग्री बितरण

अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङं,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि.सी.को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । समाजसेवी राजाराम पासवानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लालबन्दी ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल थापा,उक्त विद्यालयका प्रधानाध्यापक राशी पासवान, तथा व्यबसायी कृष्ण कान्त ठाकुर लगायत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा करीब १०० जना भन्दा विद्यार्थीहरुलाई स्कूूल व्याग,...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा
समाचार, समाज

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा

 विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा गर्नुभएको छ । यस अघि गीत संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्‍याउने लक्ष्यका साथ तयारी गरिरहेको मंगलबार राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभयो । उक्त पत्रकार भेटघाटमा उहाँले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि गराउनुभएको थियो । क्विज प्रतियोगिताका दश जनालाई उपहार प्रदान गरिएको थियो । यस्तै सो पत्रकार भेटघाटमा डा. उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गर्नुभएको थियो । कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष...
कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी…’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा. उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो । ...
१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता
मनोरन्जन, समाचार

१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता

काठमाडौँ, – ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जित्न सफल भएकी छिन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । एमडी गु्रपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालको आयोजनामा उक्त प्रतियोगिता राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको हो । ‘मिस तामाङ २०२२’ रञ्जनालाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । मिस तामाङ रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन सेकेन्ड रनरअप र थर्ड रनर अपमा दोलखाकी प्रकृति पाख्रिन तामाङ बनिन् । तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को आ...