प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को भब्य शुभारम्भ


काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले आफ्नो “स्पोर्ट्स कार्निभल २०७८” को भब्य रूपमा शुभारम्भ गरेको छ । काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम राइको प्रमुख आतिथ्यतामा सम्प्नन भएको उक्त कार्यक्रमको सभापतितब विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो।

बेलुन उडाएर सुरुवात गरिएको उक्त कार्यक्रममा खेल सम्बन्धि नाच गान, मार्च पास, परेड प्रस्तुत गरिएको थियोे भने स्काउटका विद्यार्थीहरूले स्काउट सम्बन्धि विभिन्न प्रस्तुतिहरू गरेका थिए । स्पोर्ट्स कार्निभल आजबाट सुरू भएर फाल्गुन २७ गतेसम्म चल्नेछ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिनेछ्न ।

कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिनेछ । विद्यार्थीहरूको सर्वाङिण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता कार्यक्रमह्अं्द्रू हरेक वर्ष गर्दै आइरहेको र गरिरहने कुरा प्रधानाध्यापक कृष्ण गौतमले बताउनु भयो । विद्यार्थी जीवनमा खेलकुद अत्यन्तै महत्त्वपूर्ण रहेको तथा खेलको माध्यमबाट विद्यार्थीहरूलाइ अनुशासित बनाउन सघाउ पुर्याउने भएकालेे यस्ता क्रियाकलापहरू हरेक विद्यालयमा सन्चालन हुनुपर्ने कुरा विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो ।

उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा कागेश्वोरी मनोहरा नगर प्याब्सनका अध्यक्ष श्रीराम दाहाल, गोकर्नेश्वोर नगर प्याब्सनका अध्यक्ष श्री डि एन शिवाकोटी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published.