जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो)


जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द, संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ ।

आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन्दर संसार सजाउने चाहना पू्रा हुन नसकेको पीडा गीतमा व्यक्त गरिएको छ । गीत जति मार्मिक छ गीतको भिडियो पनि त्यस्तै राम्रो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *