समाचार

आन्दोलन र क्रान्ति युवाहरुले नै गरेका हुन
राजनीति, समाचार

आन्दोलन र क्रान्ति युवाहरुले नै गरेका हुन

डा.डिआर उपाध्याय, काठमाडौं । आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको भाग्य र भबिश्य निर्माणका लागी युवाहरु जुटनु आजको आवश्यकता हो । युवाहरु जुटनै पर्छ । देश बनाउनका लागी आगामी निर्वाचनमा युवाले जितेर आउनु पर्छ । यो अहिलेको समयको माग हो । पुराना नेताहरुलाई मतदाताले स सम्मान बिदाई गर्नु पर्छ । पुराना नेताबाट अब मुलुकले निकास पाउदैन । यो कुरा सबैले बुझि सकेका छन । राष्ट्रको भविष्य निर्माण गर्ने भनेको अब युवाहरुले हो । युवा बिना अब मुलुक बन्दैन । युवा नेताहरु अब अग्रसर हुनु पर्छ । आज देश बर्वादीको दिशा तर्फ उन्मुख छ । यो देशलाई बचाउँन युवाहरु अघि सर्नु पर्छ । बिभिन्न राजनीतिक दलका युवा नेताहरु अघि नबढे सम्म देश बन्दैन । यो कुरा सबैले बुझन जरुरी छ । आज देशमा राजनीतिक बातावरण बिग्रदै गएको अबस्था छ । देशको...
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न
समाचार, समाज

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तरनिहीत क्षमता बिकास गरी सामाजिक, ब्यवसायिक, आर्थिक, अन्तराष्ट्रियक्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते क्षेत्र ‘ग’ सम्मेलन काठमाडौमा भएको हो । सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको समुद्घाटन समारोहका प्रमुख अतिथीका बाग्मती प्रदेश प्रमुख राजेन्द« पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रीजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकार संग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । नेपाल जेसीजका कार्यकारीणि उपाधक्ष्य तथा सम्मेलन सभापती रम...
गायिका सरु गौतमको’यो जुनिमा’ सार्बजनिक (भिडियो )
मनोरन्जन, समाचार

गायिका सरु गौतमको’यो जुनिमा’ सार्बजनिक (भिडियो )

चर्चित गायिका सरु गौतमको ‘यो जुनिमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका स्वयंको अफिसियल युट्युब च्यानल सरु गौतम बाट ‘यो जुनिमा’ सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा चर्चा बटुल्न सफल गायक सर्जक तथा चर्चित म्युजिक एरेन्जर बिश्व अधिकारीको एरेन्जमा कुमार कटुवालको मन छुने शब्द तथा भिम बिसीको संगीतमा भिम बिसी र सरु गौतमको सुमधुर आवाज रहेको उक्त गीत दर्शकहरुको मन मस्तिष्क मा बस्दै गएको देख्न सकिन्छ । https://youtu.be/MhBS9NhScgY केशब विश्वकर्माको छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरेन्द्र सिंहले कथा निर्देशन गरेका हुन भने, गायक बिसी र गायिका गौतमको अभिनय रहेको म्युजिक भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।...
चर्चित नृत्य निर्देशक सन्दिप भुजेललाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’
मनोरन्जन, समाचार

चर्चित नृत्य निर्देशक सन्दिप भुजेललाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

कोरियोग्राफर तथा नृत्य प्रशिक्षक सन्दिप भुजेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा उनले उक्त सम्मान पाएका हुन । प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्...
डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो)
मनोरन्जन, समाचार

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो)

काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन…” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै । गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् । https://youtu.be/rPpC7o5CM3U भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो । “मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ । गुरुआ...
लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने
समाचार, समाज

लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने भएको छ। एपेक्सले भोलि असोज तीन गते नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागिएको रक्तदान कार्यक्रममा कान्तिपुर मलले सहयोग गर्न लागेको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष लायन गणेश बजगाईले बताउनुभयो । साथै, पायक पर्ने सबैलाई यस कार्यमा जोडिन आग्रह गर्नुभएको छ। “रगत कुनै वस्तु जस्तो उत्पादन गर्न नसकिने चिज रहेको तर एकले अर्कालाई दिन मिल्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना र मर्म अनुरुप यस पुण्यकार्यमा सहभागी भईदिनुहुन कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले अपिल गर्नुभएको छ।सामाजिक कार्यमा कान्तिपुर मल सदैव अग्रसर हुने निरौला अगाडि थप्नुहुन्छ। रक्तदान कार्यको रुपरेखा आयोजक: लायन्स क्लब अफ काठमाडौं सहयोग...
गुन्डुको जिवन् फिट्नेस : बढ्दो आकर्षण
समाचार, स्वास्थ्य

गुन्डुको जिवन् फिट्नेस : बढ्दो आकर्षण

काठमाण्डौ, असोज १ पछिल्लो समय तन्दुरुस्तीका लागि व्यायामशालामा आकर्षित हुनेहरूको संख्या ह्वात्तै बढेको छ । शरीर र मांसपेशी बनाउने भन्दा पनि व्यस्त जीवनशैली र खानपानले स्वास्थ्यमा पर्ने असरबाट जोगिन किशोरदेखि वृद्धाहरू समेत फिटनेस सेन्टरहरूमा धाउन थालेका छन् । यसैलाई मध्यनजर गर्दै भक्तपुर स्थित किवाचोक गुन्डु ७ मा जिओन फिट्नेश एन्ड जिम सेन्टर सञ्चालनमा ल्याइएको छ । एमाले नेता तथा पुर्वउद्योग मन्त्री महेश बस्नेतको उपस्थितिमा केही महिना अघि उद्घघाटन गरिएको फिट्नेश सेन्टरको सञ्चालक योगेश राजथला हुन् । विदेशमै ७ बर्ष प्रशिक्षकको रुपमा काम गरेका योगेशले स्थानियबासिहरुले टाढा जान पर्ने गुनासो र स्वास्थ्यलाई नजर राख्दै उक्त फिट्नेश सेन्टरको स्थापना गरेका हुन् । अहिले उक्त फिट्नेस सेन्टरमा युवा वृद्ध र महिलाहरूको चाप बढ्दो छ । पहिला फिट्नेश सेन्टर टाढा भएकाले नियमित रुपमा ब्यायम गर्न असहज भएको र सम...
‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु
मनोरन्जन, समाचार

‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ। मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर...
एभरग्रीन वल्र्ड वाईड ईन्टरटेनमेन्टको वार्षिकोत्सवमा कलाकर्मी सम्मानित
मनोरन्जन, समाचार

एभरग्रीन वल्र्ड वाईड ईन्टरटेनमेन्टको वार्षिकोत्सवमा कलाकर्मी सम्मानित

राजधानीमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’को आयोजना भएको छ ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्...
क्षेत्र ‘ग’ सम्मेलन भव्य र सभ्य हुनेछ : जेसी सोनी श्रेष्ठ
समाचार, समाज

क्षेत्र ‘ग’ सम्मेलन भव्य र सभ्य हुनेछ : जेसी सोनी श्रेष्ठ

काठमाडौ- काठमाडौ लेडी जेसीजको अतिथ्यतामा हुन गईरहेको नेपाल जेसीज क्षेत्र ग सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । भाद्र ३१ र असोज १ गते गरि दुई दिनसम्म नयांबजार स्थीत नेपा ब्याँक्वेटमा हुने उक्त सम्मेलनको विषयमा जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलन वारे थप जानकारी दिदै,कार्यक्रम भव्य र सभ्य हुने कुरा आतिथ्य शाखा अध्यक्ष जेसी सोनी श्रेष्ठले बताउनुभएको थियो ।१८ देखि ४० वर्षका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था नेपाल जेसिजको वार्षिक कार्यक्रम अन्तर्गत गर्न लागिएको यस क्षेत्र  सम्मेलन उत्कृष्ट र अलग हुने सम्मेलन सभापति तथा निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेलले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै, सम्मेलन निर्देशक तथा काठमाडौ लेडी जेसीज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डेले, सम्मेलनलाई थप आर्कषक बनाउन नेपाली संस्कृति तथा वातावरण संर...