डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो)


काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ ।

आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन… भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै ।

गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् ।

भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो ।

“मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ ।

गुरुआमा फिल्मस् प्रा.लि.को उत्पादन सहयोग रहेको यस गीतको भिडियो निर्देशन भने स्मृती तिमिल्सीना गूरुआमाले गरेको छ ।

त्यस्तै, भिडियो सम्पादन प्रकाश धमला, छायाङ्कन सुरेश श्रेष्ठ, एरेञ्ज मनोहर सुनाम, रेकर्डिष्ट एवम् मिक्सिङ भोला पौडेलको रहेको छ।

Leave a Reply

Your email address will not be published.