गुन्डुको जिवन् फिट्नेस : बढ्दो आकर्षण - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

गुन्डुको जिवन् फिट्नेस : बढ्दो आकर्षण


काठमाण्डौ, असोज १ पछिल्लो समय तन्दुरुस्तीका लागि व्यायामशालामा आकर्षित हुनेहरूको संख्या ह्वात्तै बढेको छ । शरीर र मांसपेशी बनाउने भन्दा पनि व्यस्त जीवनशैली र खानपानले स्वास्थ्यमा पर्ने असरबाट जोगिन किशोरदेखि वृद्धाहरू समेत फिटनेस सेन्टरहरूमा धाउन थालेका छन् । यसैलाई मध्यनजर गर्दै भक्तपुर स्थित किवाचोक गुन्डु ७ मा जिओन फिट्नेश एन्ड जिम सेन्टर सञ्चालनमा ल्याइएको छ । एमाले नेता तथा पुर्वउद्योग मन्त्री महेश बस्नेतको उपस्थितिमा केही महिना अघि उद्घघाटन गरिएको फिट्नेश सेन्टरको सञ्चालक योगेश राजथला हुन् । विदेशमै ७ बर्ष प्रशिक्षकको रुपमा काम गरेका योगेशले स्थानियबासिहरुले टाढा जान पर्ने गुनासो र स्वास्थ्यलाई नजर राख्दै उक्त फिट्नेश सेन्टरको स्थापना गरेका हुन् । अहिले उक्त फिट्नेस सेन्टरमा युवा वृद्ध र महिलाहरूको चाप बढ्दो छ । पहिला फिट्नेश सेन्टर टाढा भएकाले नियमित रुपमा ब्यायम गर्न असहज भएको र समय-अभावकाकारण केही समय धाएर बिचैमा छोड्न पर्ने अवस्था थियो । तर अहिले आफ्नै गाउँ ठाउँमा छ ।

पहिले देखिनै फिट्नेश सेन्टर यतै भए पनि हुन्थ्यो भन्ने थियो । फिट्नेशमा आउनेहरू भन्दछन् ।योगेशका अनुसार सेन्टरमा जिम, कार्डियो, जुम्बा र एरोबिक सुविधा रहेको छ । व्यस्त जीवनशैलीमा कामको चाप र तनाबले धेरै व्यक्तिहरू विभिन्न रोगहरूको सिकार बन्न बाध्य छन् । दिनभरिको कामको व्यस्ततासँगै मानसिक तनाव लगायत धुलो–धुवाँ र प्रदूषणका कारण विभिन्न दीर्घ रोग समेत व्योर्होर्नु परिरहेको छ । पछिल्लो समयमा युवा अवस्थामै सुगर, प्रेसर, मुटु, नशा च्यापिने लगायतका रोगले धेरैलाई सताइरहेको छ । यस्ता रोगहरूलाई नियन्त्रण र निर्मूल गर्न नियमित ब्यायमले धेरै ठुलो भूमिका खेल्ने उनको भनाइ छ । साथै शरीरलाई फिट राख्न शारीरिक व्यायामको विशेष महत्त्वलाई बुझेरै होला अहिले जिम सेन्टरमा जाने र वजन उचालेर व्यायाम गर्नेहरूको भिडभाड नै देखिन्छ । साथै उनले शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने जमातलाई सुझाव पनि दिएका छन् । फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ ।

जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखा पर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, आफ्नो शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारीविना र दक्ष फिट्नेस गुरुविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्दैन । त्यसैले हामीले पर्सनल ट्रेनर पनि राखेका छौ । मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेर मात्र शरीर आकर्षक देखिँदैन । त्यसैले दुब्ला व्यक्तिले जिम जानुभन्दा अघि फिट्नेस एक्सपर्टसँग परामर्श गरेर कति तौल बढाउने र शारीरिक अभ्यास कहाँबाट सुरु गर्ने निधो गर्नुपर्छ ।

मेसोमर्फ टाइपको शरीर हुनेहरूको हड्डी ठुलो हुन्छ । बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचिमा राखिन्छ । यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन् । न साह्रै दुब्लो र न साह्रै मोटो हुने भएकाले शारीरिक व्यायाम गर्दा यस्तो टाइपका शरीर हुनेहरूमा रिजल्ट चाँडै देखिन्छ । एन्डोमर्फ टाइपका शरीर हुनेहरू मोटा र शरीरमा बोसोको मात्र बढी भएका हुन्छन् । शरीरको फ्रेम ठुलो हुन्छ । तौल पहिला नै बढी हुने भएकाले तौल बढाउने जरुरत पर्दैन । यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन् । फिट्नेसका लागि जिम जानेहरूलाई सुरुमै धेरै तौल उचाल्न लगाएर जिम बलियाहरूले मात्रै गर्ने शारीरिक अभ्यास हो भन्ने भ्रम दिने गरिएको छ । जसले गर्दा शरीर फिट बनाउन चाहने धेरै मानिस फिट्नेस सेन्टर तथा जिम सेन्टर जान डराउने गरेका छन् ।

फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा वेट ट्रेनिङ दिनुपर्छ । कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउँदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । जिम भन्ने बित्तिकै एकै चोटि ठूलठूला फलाम उचालेर शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यसका लागि फिट्नेसको ज्ञान भएको प्रशिक्षकले सही सल्लाह दिन जरुरी छ ।फिट्नेस भन्ने बित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।

Leave a Reply

Your email address will not be published.