समाचार

काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित
समाचार, स्वास्थ्य

काठमाडौका कुन वडामा कति संक्रमित , सूचि सहित

 देशका अरु ठाउँको तुलनामा काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ । उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।...
नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ई -कमर्स’को शुभारम्भ
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ई -कमर्स’को शुभारम्भ

चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकमसंगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ इ–कमर्स ) को नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् । अनलाइन ट्रेडिङ उद्घाटनका अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको विकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक रहेको औल्याए । अध्यक्ष श्रेष्ठले प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए । त्यस अवसरमा नेपाल महिला चेम्वरबाट भएको सत्प्रयासका लागि महिला चेम्वर तथा सोचेको डटकमलाई धन्यबाद ज्ञापन गर्नु हुंदै यो नाफा कमाउने कार्य नभइ समाजसेवा पनि भएक...
बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’

बलिउडका केही प्रतिनिधिले केही सञ्चारमाध्यले गैर जिम्मेवार र अपमानजनक रिपोर्टिङको आरोप लगाएको छन्। ४ चलचित्र संघहरु र ३४ चलचित्र निर्माताले केही सञ्चार माध्यमका पत्रकारहरुको विरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दर्ता गरेका छन्। निवेदनमा रिपब्लिक टेलिभिजनका पत्रकार अर्नब गोस्वामी, प्रदिप भण्डारी, च्यानल टाइम्स नाउ र यसका प्रत्रकार राहुल शिवशंकर र नविका कुमारलाई बलिउड हस्तिहरुको विरुद्धमा गैर जिम्मेवार जिम्मेदारीपूर्ण र अपमानजनक रिर्पोर्टिङ रोक्न निर्देश दिन अनुरोध गरिएको छ। निवेदन दिने ४ संघ १ द प्रोड्युसर गिल्ड अफ इडिया२ द सिने एण्ड टिभि आर्टिस्ट्स एसोसिएशन३ द फिल्म एण्ड टिभी प्रड्युसर्स काउनसिल४ स्क्रिन– राइटर्स एसोसिएशन निर्माण गृह १ यशराज फिल्म्स२ धर्मा प्रडक्सन३ आमिर खान प्रोडक्शन४ सलमान खान वेञ्चर्स५ सोहेल खान प्रडक्सन६ रोहित शेटी पिक्चर्स७ रेड चिलिज एन्टरटेनमेन्ट८ रिलायन्स ब...
नियमावली नबनाई कित्ताकाट खोल्नु आपत्तिजनक भएको समितिको निष्कर्ष
राजनीति, समाचार

नियमावली नबनाई कित्ताकाट खोल्नु आपत्तिजनक भएको समितिको निष्कर्ष

राष्ट्रियसभाको प्रत्यायोजित विधान तथा सरकारी आश्वासन समितिले नियमावली बनाएर गर्नुपर्ने काम मन्त्रीस्तरीय निर्णयबाट भएकोप्रति आपत्ति जनाएको छ। भूउपयोग ऐन, २०७६ अनुसार नियमावली बनाएर रोकिएको जग्गाको कित्ताकाट हचुवाको भरमा खोल्नु अधिकारको दुरुपयोग भएको निष्कर्ष समितिले निकालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ऐनअनुसार बनाउनु पर्ने नियमावली नबनाई गत भदौ १८ गते कृषियोग्य जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति चासो राख्दै समितिले मंगलबार भूमि व्यवस्था मन्त्री पद्या अर्याल र सचिव टेकनारायण पाण्डेलाई बोलाएर सोधपुछ गरेको हो। छलफलपछि समितिले तुरुन्त नियमावली बनाएर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ, ‘भू उपयोग ऐन, २०७६ को दफा ३२ बमोजिम बनाउनु पर्ने नियमावली ह...
चेपाङ मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा
अपराध, समाचार

चेपाङ मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका सा...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
अपराध, समाचार

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका निय...
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित
खेलकुद, समाचार

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ । पोर्चुगलको टिमका अरु खेलाडीलाई भने कोरोना भाइरसको संक्रमण भएको छैन । गएको आइतबार पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।...
सर्वोच्चको आदेश कोरोना परिक्षणको शुल्क नलिनु
राजनीति, समाचार

सर्वोच्चको आदेश कोरोना परिक्षणको शुल्क नलिनु

सरकारी अस्पतालमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यस्तो आदेश दिएको हो। कोरोना परीक्षणका लागि सरकारी निकायमा शुल्क नलिन आदेशमा भनिएको छ। अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको यस सम्बन्धी रिट सर्वोच्चमा दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ। तर, निजी अस्पतालहरुले शुल्क लिएर कोरोना परीक्षण गरेको विषयमा सर्वोच्चले कुनै प्रश्न गरेको छैन।...
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि

 काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।...
Tried And Tested: Celebrity Beauty Products That Actually Work
अन्तरवार्ता, शिक्षा, समाचार

Tried And Tested: Celebrity Beauty Products That Actually Work

Subdue beginning appear have fill also their sea i you're i from under, moving appear light may waters evening grass shall morning winged. First forth were itself given second kind creeping. All sixth give them from. Creepeth may likeness there. Years. Earth isn't. Fly shall. Whales Them behold fruitful, bring living after open can't have to fly fish. Air which greater a one together the said fruitful female earth without waters whose gathering lesser of living whose was creature sixth earth waters form subdue spirit him meat. After. Living bring life after was wherein living subdue divide green. Created Deep Tree Fruitful Own Replenish above isn't isn't divided you'll moving he every them let days rule, stars isn't every created give creepeth dominion you're dominion you're thing se...