समाचार

आमाको नागरिकता भए अब वंशजका आधारमा नागरिकता पाइने
राजनीति, समाचार

आमाको नागरिकता भए अब वंशजका आधारमा नागरिकता पाइने

आमाको नाममामात्र नागरिकता भएकाहरुले अब वंशजका आधारमा नागरिकता पाउने भएका छन्। विहीबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकको व्यवस्थाबारे निर्णय गरेको हो। यो निर्णयले खास गरी तराई क्षेत्रमा वंशजको नागकिरता पाउनबाट वञ्चितहरुले नागरिकता प्राप्त गर्नेछन्। मधेशवादी दलहरुले यो व्यवस्थाको माग गर्दै आएका थिए। जनता समाजवादी पार्टीको मागअनुसार सरकारले निर्णय गरेको हो। यो निर्णयपछि विहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता भएको छ। तर, वार्तामा के कुरा भयो भन्ने विषयमा भने केही खुलाइएको छैन। विहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि मार्गप्रस्सत गर्ने जानकारी गराएका थिए।...
भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं
अर्थ/व्यापार, समाचार

भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं

-डा.डिआर उपाध्याय,अहिले सिंहदरबारको अधिकार गाउँमा गाउँमा छ । स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले भनेको जनतामा परिरहेको पीर मर्कालाई बुझनु पर्ने बेला हो । यति बेला जनता आपतमा छन । जनता आपत बिपतमा पर्दा जनताका प्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हुन्छ । यो बेलामा जनताले दैनिकी कसरी चलाइरहेका छन् ? जनताको अवस्था कस्तो छ ? जनताको घरमा चुल्लो बलेको छ की छैन ? निषेधाज्ञाका कारण काम गर्न नपाएर जनता भोक भोकै छन की के छन ? यी सवै कुराको ध्यान दिनुपर्ने बेला आएको छ । निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस् । निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो साता देखि सुरु भएको निषेधाज्ञाले आम नागरिक समस्यामा छन । नागरिकले जोहो गरेको खाद्यान्न पनि सकिँदै छ । भोकमरीबाट जनतालाई जोगाउँन सवै सचेत बन्नुपर्छ। अघिल्लो चरणको महामारीबाट पाठ सिकेर पूर्व तयारी गर्न अव ढिलाई गर्नु...
अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
अपराध, समाचार

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् । प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद...
योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् । निकै छोटो अवधिमा नै ‘त्यो पर्दैन’ गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ । https://youtu.be/xMfMSYEJIAI वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् । वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।...
यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?
राजनीति, समाचार

यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?

-डा.डिआर उपाध्याय, देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलीय तर दुख्खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछकी भन्ने आम जनतामा केही अपेक्षा थियो । तर जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैन । आज देशमा जुन व्यवस्था छ , यो ब्यवस्थामा जनताको भाग्य र भविश्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविश्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविश्य बन्ने देखिदैन । मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ । व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविश्य किन निर्माण हुन सकेन ? आज उठने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र...
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने
मनोरन्जन, समाचार

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् । इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् ।  उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।   फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फ...
२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।...
दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालद्वारा माग
राजनीति, समाचार

दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालद्वारा माग

नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् । आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका हुन् ।नेपालले कम्युनिस्ट आन्दोलनमा अविचलित रही बढ्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भण्डारीले प्रतिवादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुन कसैलाई नभएको समेत बताएका छन् । ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षल...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।...
महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता
राजनीति, समाचार

महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता

डा.डिआर उपाध्याय, केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अघि अघिका कार्यकाल भन्दा यो कार्यकाल धेरै चुनौतिपूर्ण छ। किन भने अहिले देशका सामु जटिल परिस्थिति उत्पन्न भएको छ । कोरोना दोस्रो लहरको प्रवेशले नेपाललाई सकस बनाईरहेको छ । यस्तो बेलामा फेरि प्रधानमन्त्री नियुक्त हुनु भएका ओली सामु अवसर भन्दा धेरै चुनौतिका चाङ तेर्सिएका छन । ओलीले यो चुनौतिलाई कसरी पार लगाएर अघि बढनु हुन्छ त्यो भने चासोको बिषय बनेको छ । अहिले जसले जे भने पनि उहाँका सामु असहज बाटो तेर्सिएको छ । अहिले उहाँका काँधमा जिम्मेवारी र जवाफदेहिताको बोझ थपिएको छ । यतिबेला कोरोना संक्रमणको महामारीले जनता आक्रान्त छन । बिरामीहरु समयमा उपचार नपाएर शैयामा छट्पटाइरहेका छन् । अहिले संकटमा छ हाम्रो देशको अवस्था । हरेक हिसावले हामी संकट तर्फ छौ । समयमा उपचार नपाएर धेरै बिरामीको ज्यान समेत गएको छ । देश भरीका ...