योगेश र सारिकाको स्वरमा भाईरल शव्द 'त्यो पर्दैन' को गीत सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

योगेश र सारिकाको स्वरमा भाईरल शव्द ‘त्यो पर्दैन’ को गीत सार्वजनिक (भिडियो)


प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् ।

निकै छोटो अवधिमा नै ‘त्यो पर्दैन’ गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ ।

वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् ।

वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *