२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

२४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिए ,२१४ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत चौबीस घन्टामा २१ हजार ६ सय ५३ पीसीआर तथा ४३४ एन्टिजेन परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *