अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ


कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ । उनीहरुविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *