मनोरन्जन

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vpz9f7bfHgc&feature=emb_logo वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।...
नायक शितल केसी बक्स अफिस फिल्म फेयर अवार्डमा सम्मानित
मनोरन्जन, समाचार

नायक शितल केसी बक्स अफिस फिल्म फेयर अवार्डमा सम्मानित

वार्षिक रुपमा निरन्तर आयोजना हुँदै आएको बक्स अफिस फिल्म फेयर अवार्ड समारोह हालै पोखरामा सम्पन्न भएको छ । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ यो पटक पोखरामा आयोजना गरिएको थियो । बक्स अफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको अवार्डबाट सदाबहार नायक शितल केसी आजीवन सदस्य सहित विशेष सम्मानबाट सम्मानित भएका छन् । प्रदेश नं ४, का मुख्य मन्त्री पृथ्वी सुब्बाको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान लगायतका चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । दुई दशकभन्दा बढी समयदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायक केसी अभिनित दुई दर्जनभन्दा बढी चलचित्रले व्यावसायिक सफलता हासिल गरेका छन् । उनी ...
गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

योगेश काजी र अस्मिता पाण्डेको स्वरमा रहेको गीत ‘ऐसेलु बोटैमा’ सार्वजनिक भएको छ । प्रह्लाद सुवेदीको शब्द, योगशकै सङ्गीत तथा सङ्गीत संयोजन रहेकाो गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vD-HkGeulTs&feature=emb_logo क्रान्ति केसीको निर्देशन रहेको गीतको भिडियोमा योगेश र लोशिना लामिछानेलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियो अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर सार्वजनिक गरिएको गायक योगेशले बताउनुभयो । गायक तथा सङ्गीतकार योगेश काजीका थुप्रै गीत लोकप्रिय रहेका छन् । चलचित्र पाश्र्वगायन र सङ्गीतमा क्रियाशिल रहनुभएका योगेश गीतको भिडियो तिर बाक्लै देखिनुहुन्छ । गीत सङ्गीत जस्तै उहाँको अभिनयले पनि राम्रै तारिफ पाइरहेको छ यतिवेला ।...
स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’
मनोरन्जन, समाचार

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’

काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् ।...
गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

नेपाली गीति लेखनमा नाम कमाएका प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने भएको छ । योगेश काजी को संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो तयार भैसकेको र शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन । भिडियोमा बर्षा सिवाकोटी , नबराज न्यौपाने, शिबहरी बैरागी ,रश्मि भट्ट , योगेश काजी , मनिशा सिलवाल, र रिब्सन , निब्सन न्यौपाने को अभिनय हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसिले गरेका हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका हुन । सामाजिक सन्जालको प्रयोग र प्रेम मा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका ...
मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी
मनोरन्जन, समाचार

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी

नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे शुभ अवसरमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले  यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।  उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ  राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवार सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका छन् । मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्ध...
म्यूजिक भिडियो शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी
मनोरन्जन, समाचार

म्यूजिक भिडियो शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी

पहिलो चोटि म्युजिक भिडियोको शुभ मुहूर्त लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर”र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार सुर्य ...
उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ । नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=RE4GrJnxXWA&feature=emb_logo सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् । भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्र...
पत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित
मनोरन्जन, समाचार

पत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

 रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।  शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’सम...
‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

चितवन — पुस १२, २०७७। 'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन। राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन। कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट ग्लोवल अनलाईन पे मार्फ...