उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)


लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ ।

नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् ।

भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्रमा सागर घिमिरेको स्थल ध्वनी, जेम्स तामाङको यातायत रहेको छ भने रिम्सा फिल्मस् प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *