नायक शितल केसी बक्स अफिस फिल्म फेयर अवार्डमा सम्मानित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

नायक शितल केसी बक्स अफिस फिल्म फेयर अवार्डमा सम्मानित


वार्षिक रुपमा निरन्तर आयोजना हुँदै आएको बक्स अफिस फिल्म फेयर अवार्ड समारोह हालै पोखरामा सम्पन्न भएको छ । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ यो पटक पोखरामा आयोजना गरिएको थियो ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको अवार्डबाट सदाबहार नायक शितल केसी आजीवन सदस्य सहित विशेष सम्मानबाट सम्मानित भएका छन् ।

प्रदेश नं ४, का मुख्य मन्त्री पृथ्वी सुब्बाको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान लगायतका चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायक केसी अभिनित दुई दर्जनभन्दा बढी चलचित्रले व्यावसायिक सफलता हासिल गरेका छन् ।

उनी अभिनित चलचित्र ‘सम्हाली राख है’ केही समय पहिले प्रदर्शनमा आएको थियो भने चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’ प्रदर्शनका लागि तयार छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९का कारण चलचित्र ‘वीरबहादुर दङ्ग पर्छ’ को प्रदर्शन तिथि केही समयपछि धकेलिएको छ । चलचित्र ‘सम्हाली राख है’ मा शीतलको कामको प्रशंसा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *