मनोरन्जन

लाइन प्रोडुसरको रुपमा रहेका राजेन्द्रको साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि सार्वजनिक
मनोरन्जन, समाचार

लाइन प्रोडुसरको रुपमा रहेका राजेन्द्रको साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि सार्वजनिक

कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । ‘मास्टर’ मा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन फिल्मको निर्माणमा संलग्न छन्। घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७५ वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् । भारतमा पनि महामारीपछि ठुलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो। लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपती सँगै पर्दामा देखिएका छन्। भारतमा टिकट काउन्टर अगाडि दर्शकको सङ्ख्या कम गर्...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको अर्को गीत यो मायाको डोरो को भिडियो सार्वजनिक भएको छ । आज अपरान्ह गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट भिडियो रिलिज भएको हो । राजन तिमिल्सिनाको सङ्गीत रहेको रोमाण्टिक भावको यस युगल गीतमा मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको छ । भिडियोमा प्रज्ज्वलराज शाक्यको निर्देशन रहेको छ भने सह–निर्देशकको रुपमा माधव श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय, अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् । https://youtu.be/QoeH_2DZvVs फरक शैलीका गीत मार्फत डा। उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा। उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा...
चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत
मनोरन्जन, समाचार

चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत

राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो । शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादै छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । ‘तिम्रो हुने कहिले’ मा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटु...
सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते
मनोरन्जन, समाचार

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते

काठमाडौं, २८ पौष – मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल २०२१ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । अल साइज इज ब्युटिफुल भन्ने नाराको साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाण्डौको बागबजार स्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागीता जनाएका थिए । जस मध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनौटमा परेका छन् । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनौट गरेको थियो । मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ । उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दि...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । https://youtu.be/cYmj8UnpTOc प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वक...
नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

काठमाडौं — पुस २४, २०७७। नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ । https://www.youtube.com/watch?fbclid=IwAR1lFDJSIRDGm_lqy0gQ1G1WkNl3iwF7Gh0u1UkA_Scbwet-tTfQ8lVik38&v=nWBMag44UtQ&feature=youtu.be उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ । यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ । काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले आफुलाई वलिवूडमा समेत स्थापित गर्ने क्रममा रहेक...
गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् । https://youtu.be/LTTd1w9NA2E भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको पनि अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई गीतको भिडियोमा उतारिएको छ ।...
साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड
मनोरन्जन, समाचार

साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

साहित्यकार गोबिन्द कडेंल आँसुलाई बेस्ट लिरिसिष्ट अवार्ड २०२० द्धारा सम्मानित गरिएको छ । उहाँलाई जुरी छनौटद्धारा बेस्ट लिरिसिष्ट अवार्ड प्रदान गरिएको हो । उहाँले हालै बजारमा ल्याउनुभएको आधालाश जलिसक्यो बोलको गीतद्धारा उक्त अवार्ड पाउनुभएको हो । सो अवार्डलाई अभिनेता तथा निर्देशक विरेन्द्र हमालले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो । यसअघि पनि साहित्यकार कडेंलले अन्र्तराष्टिय स्टार म्युजिक अवार्ड,ग्लोबल म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड लगायतका विभिन्न राष्टिय तथा अन्र्तराष्टिय सम्मानहरु पाइसक्नुभएको छ । दुई दशकदेखि साहित्य यात्रामा निरन्तर कलम चलाउँदै आउनुभएका कडेंलले चितामाथिको बिहानी कथा संग्रह,वरपिपल खण्डकाव्य,सपनाको घर गिती संग्रह लगायत धेरै गीतहरु बजारमा ल्याइसक्नुभएको छ । उहाँले ५० भन्दा माथिको संख्यामा उपन्यासहरु सम्पादन गरिसक्नुभएको छ ।...
‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार

नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ५ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनलले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को अडिसन यहि आउदो पौष २५ गते शनिबार नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा मेक अप आर्टिष्ट टेकराज पाण्डेले बताए । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु बरिष्ठ गायक आनन्द कार्की,नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारी तथा मिस व्यूटिफुल नेपाल २०१५ कि बिजेता जेनिफरको निर्णायक मण्डलले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन ।उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियो...
‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने
मनोरन्जन, समाचार

‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत्...