खेलकुद

पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ ।...
राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन
खेलकुद, समाचार

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो । विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । बाह्र वर्षका उमे...
सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
खेलकुद, समाचार

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए। नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए। उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा...
म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण

म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ ।...
राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर
खेलकुद, समाचार

राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर

अष्ट्रेलियाका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक चयन भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहिबार उनलाई मूख्य प्रशिक्षकमा छनोट गरेको हो । यस्तै क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल चयन भएका छन् । यसैगरी क्रिकेट म्यानेजरमा बिनोद दास तथा मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको क्यानले जानकारी दिएको छ ।  उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।...
यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बने रोनाल्डो
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बने रोनाल्डो

क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । यसअघि पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए पनि स्टेफानो स्टुरारोले बराबरी गोल फर्काएका थिए । यसअघि, प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग बिताएका उनी सन् २०१८ मा इटाली आइपुगेका हुन् । रोनाल्डोभन्दा पछि लियोनेल मेस्सीले ३६५ खेल जितेका छन् भने रोनाल्डोका समकक्षी लियान लुइजी बुफोनले ३५० खेल जितेका छन् । आइतबारको खेल युभेन्टसका लागि रोनाल्डोको १ सयौँ खेल पनि थियो । उनले हालसम्म ७७ गोल गरेका छन् । युभेन्टसका लाग...
भोली राजधानीमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने
खेलकुद, समाचार

भोली राजधानीमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने

महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो। कार्यक्रम फाउन्डेसनको प्राङ्गणमा दिउँसोको २ बजे देखि ५ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडीहरुको उपस्थितिमा स्वास्थ्यको मापदण्डलाई ख्याल गरि, भौतिक दुरि कायम गरि हुने कार्यक्रमका आयोजक टिमले बताए । फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले  यस प्रकारको महिला च्याम्पियनसिप देशमा लकडाउनपछी पहिलो पटक हुन लागेको खड्काले बताइन् । उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।” खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
खेलकुद, समाचार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।...
च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा

मोहमद च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सलाहाले भने कीर्तिमान कायम गरे । सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए । लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो । सलाहाले च्याम्पियन्स लिगमा २२औँ गोल पूरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरेका हुन् ।...
पिएसजीको प्रभावशाली जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पिएसजीको प्रभावशाली जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो । ४१ औँ मिनेटमा स्टेफी माविडिडीले मोन्टपिलरका लागि बराबरी गोल गरे। ७७ औँ मिनेटमा मोइज केन र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट २८ अंक भएको छ।...