पिएसजीको प्रभावशाली जित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

पिएसजीको प्रभावशाली जित


फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो ।

४१ औँ मिनेटमा स्टेफी माविडिडीले मोन्टपिलरका लागि बराबरी गोल गरे। ७७ औँ मिनेटमा मोइज केन र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट २८ अंक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *