च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा


मोहमद च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सलाहाले भने कीर्तिमान कायम गरे ।

सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए ।

लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो ।

सलाहाले च्याम्पियन्स लिगमा २२औँ गोल पूरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *