अन्तर्राष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यू जारी भएको छ । शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको क्यालिफोर्निया राज्य सरकारले जनाएको छ । गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ । अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा बढि रह्यो । गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हो ।विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै पुगेको छ । अहिलेसक्क दुई लाख ५५ हजार भन्दा बढिको ज्यान गएको छ । अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० ...
भारतीय  कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

भारतीय कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ

नारकोटिक्स कन्ट्रोल ब्यूरोले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ ।एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् । एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए । मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ ।केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।...
भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।  ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।...
युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए ।  राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’ अर्काे एक भिडियोमा भनिएको थियो, ‘सुशान्तको मावलामा अक्षय...
दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने
अन्तर्राष्ट्रिय, समाचार

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

भारतको राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए। उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए। कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ। सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए।...
फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो
अन्तर्राष्ट्रिय, खेलकुद

फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ । समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे । खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे । जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको ...
भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।...
क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा
अन्तर्राष्ट्रिय, समाचार

क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार कोरोना भाइरसविरुद्ध प्राप्त यो दोस्रो खुशीको खबर हो। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा आगामी क्रिसमसभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने बताएका हुन्। बीबीसीसँगको कुराकानीमा उनले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बजारमा ल्याउन घोषणा गरेका हुन्। यसअघि सोमबार नै अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको खबर आएको थियो। मड्रेनाले विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल देखिएको जनाउँदै सोमबारको दिनलाई एक महान दिन भनेको थियो। यसअघि फाइजरलेपनि आफूले विकास गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको बताएको थियो। मड्रेना र फाइरजले अत्याधुनिक प्रविधिको प्रयोग गरेर खोप विकास गरेको जनाएका छन्। तर, फाइजरभन्दा मड्रेनाक...
महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैनः

 विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।...