भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित


भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

 ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *