भारतीय कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

भारतीय कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ


नारकोटिक्स कन्ट्रोल ब्यूरोले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ ।

विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ ।एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् ।

एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए ।

मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ ।केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *