दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने


भारतको राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए।

कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ।

सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *