अन्तर्राष्ट्रिय Archives - राष्ट्रपत्र
मङ्लबार, अशोज ५, २०७८

अन्तर्राष्ट्रिय

इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकप फुटबलको उपाधि

घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले जित हासिल गर्न सफल भयो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपरले रोकेका थिए । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरेका थिए । मार्कुस राष्फोर्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपरले बचाउ गरेका थिए । खेलमा सुरुवाती अग्रता भने इंग्ल्यान्डले बनाएको थियो । खेलको...
बलिउड अभिनेता दिलीप कुमारको निधन
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाज

बलिउड अभिनेता दिलीप कुमारको निधन

बलिउड अभिनेता दिलीप कुमारको ९८ वर्षकाे उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाध्यमले जनाएका छन्। दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो। उनले ज्वार भाटा १९४४, अन्जाद १९४९,  देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ ...
फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँयो
अन्तर्राष्ट्रिय, समाचार

फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँयो

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किँदा अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ। १२ तले उक्त भवन भत्किँदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात छ। दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त भवनमा १०२ जना मानिसहरु बसोबासरत रहेको बताइएको छ। यो भवन सन १९८० मा निर्माण भएको थियो। सरकारी अधिकारीहरुले दुर्घटनामा ठूलो क्षति भएको अनुमान गरेका छन्। ...
भारतीय प्रधानमन्त्री मोदी संसारकै लोकप्रिय नेताको सूचीमा
अन्तर्राष्ट्रिय, समाचार

भारतीय प्रधानमन्त्री मोदी संसारकै लोकप्रिय नेताको सूचीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् । अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् । मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ । उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् । इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् ।उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो । यो वर्ष मोदीको लोकप्रियतामा २० प्रतिशत गिरावट आएको छ र अहिले पनि ६६ प्रतिशतले उनलाई रुचाउँछन् । ...
काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो । ...
कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित

कोरोना भाइरसको महामारी बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो । ...
इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धारमा संलग्न अधिकारीहरूले बताए । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धारमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्‍याइएको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ । ...
जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कटकाल घाेषणा
अन्तर्राष्ट्रिय, समाचार

जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कटकाल घाेषणा

जापानले कोभिड-१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ । यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध-सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए । स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, ‘होक्काइडो, ओकायामा र हिरोशिमामा संक्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो । ...
कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता
अन्तर्राष्ट्रिय, समाचार

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ । डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो । डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ । ...
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ । ...