समाचार

आजबाट विद्यालय ६ दिन बन्द हुने
शिक्षा, समाचार

आजबाट विद्यालय ६ दिन बन्द हुने

सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो। शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भने – ‘आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्। बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।’ हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।...
नमोबुद्ध ६ नं. वडाको मुहार फेर्ने संकल्प गर्दै युवा नेता सुरज कुमार न्यौपाने
राजनीति, समाचार

नमोबुद्ध ६ नं. वडाको मुहार फेर्ने संकल्प गर्दै युवा नेता सुरज कुमार न्यौपाने

काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । काभ्रे जिल्लाको ऐतिहासिक पर्यटकीय मनोरम स्थलको रुपमा परिचित नमोबुद्ध को वडा नं ६ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज कुमार न्यौपाने । युवा नेता न्यौपाने लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागि पर्दै आएका छन ।देविस्थान हुदै चरङ्गेफेदीसम्मको मोटरबाटो निर्माणका लागि अग्रसर भई विकास निर्माणमा सधै तत्पर भएर लाग्दै आएका न्यौपानेनमोबुद्ध नगरपालिका ६ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता न्यौपाने वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका न्यौपाने यस अघि उनले वडामा गरेका उल्लेख्य...
स्थानियको रोजाइमा परेका वडा सदस्यमा पूनः मूल्मीको उम्मेदवारी
राजनीति, समाचार

स्थानियको रोजाइमा परेका वडा सदस्यमा पूनः मूल्मीको उम्मेदवारी

काठमाडौं – खेलकुद र समाजसेवाबाट चर्चा कमाएर राजनीतिमा सक्रिय रुपमा लागेका युवा नेता हुन सरोजकुमार मुल्मी । नेपाली कांग्रेसको राजनीतिमा उदीयमान नेताको रुपमा समेत लोकप्रिय हुदै गएका मुल्मी काठमाडौं भोटेबहालका स्थायी वासिन्दा हुनुका साथै काठमाडौं वडा नं.११ निवासीमाझ सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी भएरपनि नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने मुल्मी इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन । सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आफुलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । मुल्मी कामनपा ११ का निवर्तमान वडा सदस्य हुन् । अहिले पुनः सोही वडामा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका छन् । पार्टिले यस अघि उनले वडाको विकासको निमि...
श्रीलङ्कामा देशव्यापी रूपमा लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

श्रीलङ्कामा देशव्यापी रूपमा लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ ।सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए। श्रीलङ्का आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । तर उनक...
मौन अवधिमा झन् गम्भीर बन्न काउन्सिलको अपिल
राजनीति, समाचार

मौन अवधिमा झन् गम्भीर बन्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक–पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजेदेखि मौन अवधि हुने भएकाले यो अवधिमा अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो । मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समा...
माधव नेपालले सूर्यमा भोट मागे पछि..
राजनीति, समाचार

माधव नेपालले सूर्यमा भोट मागे पछि..

 माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झाना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए । सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिम अकमक्किए । एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।...
हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित
राजनीति, समाचार, समाज

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ । प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।...
मिस हिमालय लिटिल एन्जेल काठमाडौं सम्पन्न
मनोरन्जन, समाचार

मिस हिमालय लिटिल एन्जेल काठमाडौं सम्पन्न

बौद्धिकता र प्रतिभा मापनसंग सम्बन्धीत बाल सौन्दर्य प्रतियोगिता मिस हिमालय लिटिल एन्जेल काठमाडौंको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कोपिला सिलवाल ग्राण्ड विनर बन्न सफल भएकी छिन् । ग्राण्ड विनर भएसंगै कोपिलाले पचास हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रतियोगिताको ग्राण्ड फस्ट रनर्स अपका रुपमा रोजमेरी राई र ग्राण्ड सेकेन्ड रनर्स अपका रुपमा मेधावी खनाल चयन भएका छन् । उनीहरुले क्रमशः नगद पुरस्कार रु तीस हजार तथा रु बीस हजार प्राप्त गरेका छन् । कथा ईभेन्ट्सको ब्यानरमा संंचालन भएको सो प्रतियोगितात्मक कार्यक्रम माइति नेपालका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । सहभागिहरुको उमेर समूह अनुसार तीन समूह अन्तर्गत सहभागिहरुवीच प्रतिस्पर्धा भएको थियो ।...
जिवनको निर्देशनमा आशा अभिनित ‘नेपालको माया’(भिडियो)
मनोरन्जन, समाचार

जिवनको निर्देशनमा आशा अभिनित ‘नेपालको माया’(भिडियो)

राष्ट्रिय गीत नेपालको माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । साईराम पिक्चर्स युटयुब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा मोडल आशा भारतीको अभिनय रहेको छ । गायक जोन शाहीको स्वरमा रहेको गीतलाई सविका श्रेष्ठ, दिपा लामा ,संजय श्रेष्ठ, कमल दत्त र जेआर श्रेष्ठले गीतको स्वरमा साथ दिएका छन । जोन शाहीकै संगीत तथा राजकुमार पुडासैनीको शव्द रहेको गीतलाई संजय कुमार श्रेष्ठले एरेन्ज गरेका हुन । https://youtu.be/k_ZOIiet4LE भिडियोमा संचारकर्मी समेत रहेकी मोडल भारती लगायत चिरन्जिवी भण्डारी, संजय कुमार श्रेष्ठ, राजकुमार पुडासैनी, रत्न डंगोल, दिनेश थापा, प्रनिशा गुरुङ्ग, मनिश बिकको अभिनय रहेको छ । दिपेन बस्न्यातको सम्पादन रहेको भिडियोको छायांकन देनिश खनालले गरेका छन भने निर्देशन अहिलेका व्यस्त भिडियो निर्देशक जिवन शाहीले गरेका हुन ।...