राष्ट्रिय गीत नेपालको माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । साईराम पिक्चर्स युटयुब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा मोडल आशा भारतीको अभिनय रहेको छ । गायक जोन शाहीको स्वरमा रहेको गीतलाई सविका श्रेष्ठ, दिपा लामा ,संजय श्रेष्ठ, कमल दत्त र जेआर श्रेष्ठले गीतको स्वरमा साथ दिएका छन । जोन शाहीकै संगीत तथा राजकुमार पुडासैनीको शव्द रहेको गीतलाई संजय कुमार श्रेष्ठले एरेन्ज गरेका हुन ।
भिडियोमा संचारकर्मी समेत रहेकी मोडल भारती लगायत चिरन्जिवी भण्डारी, संजय कुमार श्रेष्ठ, राजकुमार पुडासैनी, रत्न डंगोल, दिनेश थापा, प्रनिशा गुरुङ्ग, मनिश बिकको अभिनय रहेको छ । दिपेन बस्न्यातको सम्पादन रहेको भिडियोको छायांकन देनिश खनालले गरेका छन भने निर्देशन अहिलेका व्यस्त भिडियो निर्देशक जिवन शाहीले गरेका हुन ।