काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । काभ्रे जिल्लाको ऐतिहासिक पर्यटकीय मनोरम स्थलको रुपमा परिचित नमोबुद्ध को वडा नं ६ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज कुमार न्यौपाने । युवा नेता न्यौपाने लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागि पर्दै आएका छन ।
देविस्थान हुदै चरङ्गेफेदीसम्मको मोटरबाटो निर्माणका लागि अग्रसर भई विकास निर्माणमा सधै तत्पर भएर लाग्दै आएका न्यौपाने
नमोबुद्ध नगरपालिका ६ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता न्यौपाने वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका न्यौपाने यस अघि उनले वडामा गरेका उल्लेख्य सामाजिक कार्यले समेत त्यहांका जनताले भुल्न नसकेको स्थानीयवासी सम्झन्छन । हाल घरदैलो कार्यक्रममा व्यस्त न्यौपाने विहान देखि बेलुकैसम्म स्थानीयवासीको समस्या बुझ्न र आफुलाई मतदान गर्न आव्हान गर्दै लागि परिरहेका छन ।
वडाका समस्याबाट निकै जानकार भएपछि पदमा नबसी विकास गर्न सम्भव पनि छैन । पदमा नभए पनि विकास निर्माणमा सदा तत्पर रहने न्यौपाने आफु वडा प्रमुख भए त्यसलाई अझ सहज तवरले अन्य विकास निर्माण र जनताका समस्याका विषयमा छिटो छरितो समाधान गर्न सकिने भएकोले आफुलाई जनताले विजयी गराउनेमा विश्वस्त छन ।
युवा नेता न्यौपानेको लामो समयको सामाजिक सेवा भावको दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनको नेतृत्व अघि सारेकाले उनको विजय पक्का हुनेमा वडावासी ढुक्क देखिन्छन । धुवाकोट चरङ्गेफेदी,भण्डारमा विद्युतिकरणको लागि उनले गरेको विशेष पहल वडाका लागि मात्र नभएर नगरकै गर्वको विषय भएको स्थानीयले भन्दै आएका छन । विकास निर्माण र जनताका समस्या प्रत्यक्ष बुझेका युवा नेता वडा प्रमुख भएर आए सम्पूर्ण वडावासीको खुशीको सीमा नरहने स्थानीय बताउछन ।