थप १३ जनामा कोरोना संक्रमण पुष्टि - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

थप १३ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० हजार १४२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.