किर्तिमानी गीतकार डा.डिआरको ‘मन बिगार्यो स्त्री जातैले’माप्रताप दास र रचनाको स्वर (भिडियो)
विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्यो स्त्री जातैले, तन बिगार्यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो ।
बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ ।
https://youtu.be/1EkO9LoGOIU
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ ।
रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभय...










