स्थानियको रोजाइमा परेका वडा सदस्यमा पूनः मूल्मीको उम्मेदवारी - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

स्थानियको रोजाइमा परेका वडा सदस्यमा पूनः मूल्मीको उम्मेदवारी


काठमाडौं – खेलकुद र समाजसेवाबाट चर्चा कमाएर राजनीतिमा सक्रिय रुपमा लागेका युवा नेता हुन सरोजकुमार मुल्मी ।

नेपाली कांग्रेसको राजनीतिमा उदीयमान नेताको रुपमा समेत लोकप्रिय हुदै गएका मुल्मी काठमाडौं भोटेबहालका स्थायी वासिन्दा हुनुका साथै काठमाडौं वडा नं.११ निवासीमाझ सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् ।

सफल खेलाडी भएरपनि नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने मुल्मी इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन ।

सधैं गरिव, निमुखा, आवाजबिहीन, सिमान्तकृत, अल्पसंख्यक, दलित, महिला र अपाङ्गताको पक्षमा आवाज बुलन्द गर्ने उनी आफुलाई राजनीतिसँगै समाजसेवी भन्न रुचाउँछन् । मुल्मी कामनपा ११ का निवर्तमान वडा सदस्य हुन् । अहिले पुनः सोही वडामा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका छन् ।

पार्टिले यस अघि उनले वडाको विकासको निमित्त गरेको कामको मूल्यांकन गर्दै पूनः वडा सदस्यको लागि उम्मेदवार बनाएको हो । उनले वडामा आफ्ना मतदाताका लागि विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन ।

यस अघि पुरा गर्न नसकेका विकासलाई निरन्तरता दिनुका साथै आगामी दिनमा थप सशक्त ढंगले वडाका विभिन्न ठाउँमा अव्यवस्थित र असमान विकास निर्माणका कार्य रोकेर समान र व्यवस्थित विकास निर्माणलाई अघि बढाउने, वडालाई भ्रष्टाचार शुन्य वडा बनाउने, वडामा देखिएका फोहोरमैलाको सही व्यवस्थापन गर्न वैज्ञानिक विधि अपनाउने, उक्त रकम विपन्न तथा गरीबको स्वास्थ्य र शिक्षाको लागि कोष खडा गर्नेलगायत योजनाहरु पूरा गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.