काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका सापकोटाको सम्भावना प्रवल
आम चुनावको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १० को प्रदेशतर्फ चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिले उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर मतादाताको घरदैलोमा पुगेका छन् । काठमाडौं क्षेत्र नं. १० मा राप्रपाबाट उमेशराज सापकोटा चुनावी मैदानमा छन् । उनी ‘हलो’ चुनाव चिन्ह लिएर प्रदेश तर्फ क बाट चुनावमा होमीएका छन् । सापकोटा उम्मेदवारी बनेसँगै अहिले क्षेत्र नं. १० का मतदाताहरु निकै उत्साहित भएका छन् । अन्य राजनीतिक पार्टी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीमा मतदाताहरुको आर्कषण बढेको उम्मेदावार सापकोटा बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेका मतदाता अलि सचेत भएको पाएको छु । उहाँहरु पार्टी भन्दापनि व्यक्ति राम्रो खोजिरहनुभएको छ ।’ आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनको अनुभव छ । यसो त यस क्षेत्र देशकै राजधानी भएर पनि विकास नि...










