सोनित तथा डा.सलिना अभिनित गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

सोनित तथा डा.सलिना अभिनित गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न


ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए ।

लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए ।

प्याजेन्ट नेपालको निर्माण रहेको भिडियो केहि दिनमा नै सार्वजनिक गरिने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएको छ । उत्कृष्ट गीत रचना गर्दै आईरहेका गीतकार निर कमलका यस अघि केहि गीतहरु लोकप्रिय रहेका छन । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहदै आईरहेका छन । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठलेले भिडियो निर्माणमा सहयोगी भूमिका खेलेका थिए ।

Leave a Reply

Your email address will not be published.