राजेन्द्र बजगाईंको पक्षमा जनलहर - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

राजेन्द्र बजगाईंको पक्षमा जनलहर


आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।

उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिनै हठी र साहसी व्यक्तित्वका रुपमा आफुलाई परिचित गराउँदै आउनुभएको छ । राजनीतिमा उहाँको भूमिका र सक्रियता कम्ति सानो छैन । विद्यार्थी जीवन देखिनै राजनीतिमा होमीनुभएका उहाँ नेपाल विद्यार्थी संघमा लामो समय सक्रिय रहनुभयो । देश परिवर्तनका लागि भएका २०४६ पछिका आन्दोलनहरुमा प्रत्यक्ष सहभागि रहँदै आउनुभएका बजगाईं जननेता बीपी कोइरालाका सहयोगी स्व. नन्दलाल बोहोराबाट नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । कुशल व्यक्तित्वका कारण उहाँलाई धेरैले मन पराउने गरेका छन् । सानो छँदा आफ्नो गाउँ हुँदै पदयात्राका लागि आएका पर्यटकहरुलाई हेर्दै हुर्किनुभएका बजगाईंले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाईनै आफ्नो मुख्य पेशा बनाउने अठोटका साथ काठमाडौं आउनुभएको थियो ।

विकासप्रेमि नेता

पर्यटनसम्बद्ध विभिन्न संघसंस्थामा रहेर काम गर्नुभएका उहाँ अर्थतन्त्र बुझेको व्यक्तिकान रुपमा हुनुहुन्छ । उहाँले विगतमा पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल’ (टान) को महासचिवको कार्यभार समेत सम्हालेर पर्यटन प्रशासनमा समेत आफ्नो नेतृत्वदायी भूमिका खेलीसक्नुभएको छ । विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गराउन उहाँको निकै ठूलो देन रहिआएको छ । बजगार्इं धेरै युवाले रोजेको लोकप्रिय व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ कैयौ युवाहरुलाई स्वरोजगार बनाउन तथा व्यबसाय संचालन गर्न उत्प्रेरक व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

आगामी मंसीर ४ गते हुने आम निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट गठबन्धनको साझा उमेदवार बन्नुभएका उहाँ अर्थतन्त्र र विकासलाई राम्ररी बुझेको व्यक्ति भएकै कारण युवाहरुमा मतनानका लागि उत्साह छाएको छ । गोरखाको मात्र नभइ देशकै अर्थतन्त्र थप सवल बनाउने कार्यमा आशा लाग्दा व्यक्तिका रुपमा चिनिनुहुने उहाँलाई जिताउन युवाहरुले लविङ गरिरहेका छन् । उहाँ उम्मेदवार बनेकै कारण मतदाताहरुमा चुनावी जागरुकता बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *