विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ ।
विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अधिकाँस समय जिल्लामै रहेर विभिन्न कार्यमा संलग्न रहने पाण्डेको उपस्थितिले विकासको मूल नै फूटाएको छ ।
रोजगार र विकास पहिलो प्राथमिकता
आर्थिक र रोजगारलाई फोकसमा राखेर राजनीति गर्दै आउनुभएका उहाँले यसअघि उद्योगमन्त्री हुँदा उद्योग व्यवसाय क्षेत्रले भोग्नुपरेका समस्या समाधानका लागि कानून निर्माणको कार्यलाई प्राथमिकता दिनुभएको थियो । विशेष आर्थिक क्षेत्र र औद्योगिक व्यवसाय सम्बन्धी कानून तथा बौद्धिक सम्पति र खानी तथा खनिज नीति निर्माणमा उहाँको
सहभागिता महत्वपूर्ण रहेको छ । । आफू उद्योग मन्त्री रहेका बेला सोमप्रसाद पाण्डेले हरेक प्रदेशमा कम्तिमा १ हजार विगाहा क्षेत्रफलमा एक/एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना ल्याउनुभयो । पेट्रोलियम पदार्थको अन्वेषण सुरुवात गर्नुका साथै फलाम, नुन र युरेनियम खानीको अध्ययन कार्य उहाँकै नेतृत्वमा सुरुवात भएको थियो ।
पाल्पाका सबै मतदाताले मन पराएका व्यक्तित्व
त्यसो त सोमप्रसाद पाण्डेको उपस्थिति पाल्पा जिल्लामै महत्वपूर्ण मानिन्छ । पाल्पामा सबैले मन पराएका नेताका रुपमा रहेका सोमप्रसाद पाण्डे स्थापीय विकासका पर्यायबाचीका रुपमा चिनिनुहुन्छ । राजनीतिलाई समाजसेवाका रुपमा लिएकै कारण चारचारपटकसम्म साँसद बन्न सफल सोमप्रसाद पाण्डे निर्बिकल्प व्यक्तिका रुपमा चिनिनुहुन्छ । राजनीतिक यात्रामा निरन्तर लागीरहनुभएका पाण्डेले ३ दशक भन्दा लामो राजनीति र सामाजिक सेवामै व्यथीत गरीसक्नुभएको छ । विगतका दिनहरुमा जिल्लाबासीहरुसँग निरन्तर सम्पर्कमा रहीरहने भएकै कारण स्थानीय जनताले सोमप्रसाद पाण्डेसँग कहिल्यै गुनासो पोख्नुपरेन । हरेक अप्ठ्यारोमा स्थानीयको साथमा रहेकै कारण विभिन्न विपत्तिका वेला पाल्पाले खासै समस्या झेल्नुपरेन । पाल्पाली जनताहरुले चाहे भुकम्पका समयमा होस्, चाहे भारतीय नाकाबन्दीका बेला या त कोभिडकै समयमा पनि कुनै कुराको अभाव झेल्नु परेन । जसको एकमात्रै कारण थियो क्षेत्र नं. २ का साँसद सोमप्रसाद पाण्डेको उपस्थिति । ‘पाल्पाको विकासमा मैलै गरेको काम घाम जस्तै छर्लङग छ, सबै जनताको मायाबाटै म सधै उत्साहित छु’ पाण्डे भन्नुहुन्छ मेरो जीवन जतीसम्म चल्नेछ त्यो सबै पाल्पाको विकासकै लागि खर्चिने छु ।’
पाल्पाका उद्योगी–व्यवसायी तथा ग्रामीण भेगका आम नागरिकको मनमा बस्न सफल पाण्डेका योजनाहरु स्थानीय विकाससँग जोडिएका छन् । त्यसो त पाण्डेले विगतमा सांसदको पारिश्रमिकबाट लिएको रकम समेत जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाको क्षेत्रमा खर्च गर्दै आउनुभएको छ ।
जनमतको कदर गरी आफ्ना मतदाताको जीवनस्तर र आवस्यकता लाई पहिलो प्राथमिकतामा राख्न सक्ने व्यक्तिका रुपमा चिनिएकै कारण पाण्डेलाई पाल्पाले सधै नै निर्वाचित गर्दै आएको छ । जसको योजनामा निर्माण कार्य भइरहेका विकासका पूर्वाधारहरु पुरा गर्नका लागि पनि पाल्पा २ मा सोमप्रसाद पाण्डे निर्वाचित हुन जरुरी ठान्छन् पाल्पाली मतदाताहरु ।